१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

थप ‘लकडाउन’ र निषेधाज्ञा झेल्न सकिन्न : नेपालगन्ज च्याम्बर



नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघले अवका दिनमा कुनैपनि बहानामा लकडाउन वा निषेधाज्ञा झेल्न सकिने अवस्था नरहेको निश्कर्ष निकालेको छ । संघले असोज १ गतेदेखि आन्तरिक लकडाउन र निषेधाज्ञालाई पूर्णरुपमा हटाउन माग समेत गरेको छ ।

लगातारको निषेधाज्ञा र लकडाउनले उपभोग्य एवं अत्यावश्यक सामान उत्पादन तथा विक्री वितरण गर्ने कार्य प्रभावित भएको भन्दै संघले लकडाउन र निषेधाज्ञा हटाउन जिल्ला प्रशासन कार्यालय बाँकेसंग माग गरेको हो ।

बिहिवार संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकबाट कोरोना भाइरस (कोभिड १९) नियन्त्रण गर्न लागू गरिएको लकडाउन तथा निषेधाज्ञा उद्योगि ब्यवसायीले झेल्न नसक्ने निश्कर्ष निकाल्दै असोज १ बाट हटाउन माग गरेको हो ।

‘साढे पाँच महिना झेल्नसम्म झेलियो । अब झेल्नै नसकिने अवस्था आयो ।’ संघका अध्यक्ष मन्सुरीले भने,–‘त्यसकारण अब असोज १ गतेबाट पूर्णरुपमा लकडाउन खोल्ने र निषेधाज्ञा हटाउनुपर्छ भन्ने जोडदार माग राख्छौ ।’

संघले शुक्रवार र शनिवार हुँदै आएको निषेधाज्ञा पनि हटाउने विषयमा पनि पुर्नविचार गर्न माग गर्ने निर्णय गरेको महासचिव चिरञ्जीवी ओलीले बताए ।

स्थानीय प्रशासनले नेपालगन्जमा हप्ताको ५ दिन निषेधाज्ञालाई खुकुलो बनाएपनि शुक्रबार र शनिबार भने कडा निषेधाज्ञा लगाउँदै आएको छ । उता प्रशासनले भने बाँके अहिले पनि कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै प्रशासनको निषेधाज्ञा कडाईकासाथ पालना गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २५ भदौ २०७७, बिहिबार  ९ : ४१ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा