२२ चैत्र २०८२, आइतबार | April 5, 2026

थप ‘लकडाउन’ र निषेधाज्ञा झेल्न सकिन्न : नेपालगन्ज च्याम्बर



नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघले अवका दिनमा कुनैपनि बहानामा लकडाउन वा निषेधाज्ञा झेल्न सकिने अवस्था नरहेको निश्कर्ष निकालेको छ । संघले असोज १ गतेदेखि आन्तरिक लकडाउन र निषेधाज्ञालाई पूर्णरुपमा हटाउन माग समेत गरेको छ ।

लगातारको निषेधाज्ञा र लकडाउनले उपभोग्य एवं अत्यावश्यक सामान उत्पादन तथा विक्री वितरण गर्ने कार्य प्रभावित भएको भन्दै संघले लकडाउन र निषेधाज्ञा हटाउन जिल्ला प्रशासन कार्यालय बाँकेसंग माग गरेको हो ।

बिहिवार संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकबाट कोरोना भाइरस (कोभिड १९) नियन्त्रण गर्न लागू गरिएको लकडाउन तथा निषेधाज्ञा उद्योगि ब्यवसायीले झेल्न नसक्ने निश्कर्ष निकाल्दै असोज १ बाट हटाउन माग गरेको हो ।

‘साढे पाँच महिना झेल्नसम्म झेलियो । अब झेल्नै नसकिने अवस्था आयो ।’ संघका अध्यक्ष मन्सुरीले भने,–‘त्यसकारण अब असोज १ गतेबाट पूर्णरुपमा लकडाउन खोल्ने र निषेधाज्ञा हटाउनुपर्छ भन्ने जोडदार माग राख्छौ ।’

संघले शुक्रवार र शनिवार हुँदै आएको निषेधाज्ञा पनि हटाउने विषयमा पनि पुर्नविचार गर्न माग गर्ने निर्णय गरेको महासचिव चिरञ्जीवी ओलीले बताए ।

स्थानीय प्रशासनले नेपालगन्जमा हप्ताको ५ दिन निषेधाज्ञालाई खुकुलो बनाएपनि शुक्रबार र शनिबार भने कडा निषेधाज्ञा लगाउँदै आएको छ । उता प्रशासनले भने बाँके अहिले पनि कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै प्रशासनको निषेधाज्ञा कडाईकासाथ पालना गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २५ भदौ २०७७, बिहिबार  ९ : ४१ बजे

नेपाली सेना सम्मानित संस्थाका रूपमा स्थापित भएको छ : प्रधानसेनापति

बुटवल । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता,

राष्ट्रपतिसमक्ष सभामुखको शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले

डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्न सकिने कानुन बन्दै

काठमाडौं । सरकारले डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन

करिब २८ अर्ब रुपैयाँ बराबर सहुलियत ऋण लिने सरकारको निर्णय

काठमाडौं । सरकारले विश्व बैंक र एशियाली विकास बैंक (एडीबी)बाट

बैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरुहुने

काठमाडौं । आगामी शैक्षिक सत्र २०८३ वैशाख १३ दिन ढिला