२४ बैशाख २०८१, सोमबार | May 6, 2024

सीपीएलको उपाधि ट्रीनबागो नाइट राइडर्सलाई



काठमाडौं । वेष्ट इण्डिजमा सम्पन्न क्यारेबियन प्रिमियर लिग (सीपीएल)को उपाधि ट्रीनबागो नाइट राइडर्सले जितेको छ ।

गएराति भएको फाइनलमा सेन्ट लुसिया जुक्सलाई ८ विकेटले हराउँदै नाइट राइडर्सले उपाधि जितेको हो । फाइनलमा जुक्सले दिएको १ सय ५६ रनको लक्ष्य नाइट राइडर्सले १८.१ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

नाइट राइडर्सको जितमा लिन्डल सिमन्सले ८४, ड्यान ब्रावोले अविजित ५८ रनको योगदान दिए । बलिङमा जुक्सका स्कट कुग्लाइन र रोस्टन चेसले १/१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको जुक्सले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५४ रन बनायो ।

उसका लागि आन्द्रे फ्लेचरले ३९, मार्क दयालले २९, नजीबुल्लाह जर्दानले २४, रोस्टन चेसले २२ रन बनाउँदा बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमासमेत रन बनाउन सकेनन् ।

बलिङमा नाइट राइडर्सका कप्तान किरण पोलार्डले ४, अलि खान, फवाद अहमदले २/२ र अकिल होसेनले १ विकेट लिए ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ७ : २२ बजे

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,

आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई रास्वपाका मन्त्रीहरूको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

बुटवल । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका