२२ चैत्र २०८२, आइतबार | April 5, 2026

सीमा क्षेत्रको तनाव घटाउन भारत र चीनका विदेशमन्त्रीहरुबीच ५ बुँदे सहमति



काठमाडौं । भारत र चीनका विदेशमन्त्रीहरु सीमा क्षेत्रमा देखिएको समस्या समाधान गर्न सहमत भएका छन् ।

साङ्घाई कोअपरेशन अर्गनाईजेशन एसईओको बैठकमा भाग लिन मस्को पुगेका भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीले सीमामा भैरहेको तनावपूर्ण अवस्थालाई घटाउन ५ बुँदे सहमति गरेका हुन् ।

सहमतिमा सीमा व्यवस्थापनमा अहिलेसम्म भएका सम्झौता र प्रोटोकलको पालना गर्दै शान्ति बनाउन र कुनैपनि कारवाहीबाट वच्ने विषय समेटिएको भारतीय दैनिक पत्रिका द हिन्दुले जनाएको छ ।

भारतीय सेना र चिनियाँ जनमुक्ति सेना पीएलएबीच गत मई देखि पूर्वी लद्दाख÷अक्साई चीनस्थित वास्तविक नियन्त्रण रेखा (एलएसी)का कैयौं क्षेत्रमा तनावपूर्ण स्थिति बन्दै आएको छ ।

दुवै देशका विदेशमन्त्रीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै खुला र रचनात्मक छलफल गरी सहमतिमा पुगेको जनाएको भारतीय विदेशमन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको द हिन्दुले उल्लेख गरेको छ ।

दुवै विदेशमन्त्रीले सीमा क्षेत्रमा हाल देखिएको स्थिति कुनै पनि पक्षका लागि हितकर नभएको निस्कर्ष निकालेका छन् । दुवै देशका विदेशमन्त्री सैनिकहरुबीच अझ बढी सम्पर्क र सम्वाद जारी राख्दै तनावलाई घटाउन र दुई देशका सेनाबीच निश्चित दूरी कायम गर्न सहमति जनाएका छन् ।

संयुक्त वक्तव्य जारी गर्दै जयशंकर र वाङले भारत र चीनका शिर्ष नेताहरुबीच यसअघि भएको आम सहमतिबाट मार्गदर्शन लिने जनाएका छन्, जहाँ एकआपसका मतभेदलाई थप विवादित बनाउन नदिने सहमति कायम रहेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच सन् २०१८ र २०१९ मा भएको अनौपचारिक शिखर सम्मेलनमा दुई मुलुकबीचको मतभेदलाई घटाउँदै थप सम्बन्ध विस्तार गर्ने सहमति बनेको विषयलाई द हिन्दुले स्मरण गरेको छ ।

प्रकाशित मिति : २६ भदौ २०७७, शुक्रबार  ८ : ४२ बजे

नेपाली सेना सम्मानित संस्थाका रूपमा स्थापित भएको छ : प्रधानसेनापति

बुटवल । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता,

राष्ट्रपतिसमक्ष सभामुखको शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले

डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्न सकिने कानुन बन्दै

काठमाडौं । सरकारले डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन

करिब २८ अर्ब रुपैयाँ बराबर सहुलियत ऋण लिने सरकारको निर्णय

काठमाडौं । सरकारले विश्व बैंक र एशियाली विकास बैंक (एडीबी)बाट

बैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरुहुने

काठमाडौं । आगामी शैक्षिक सत्र २०८३ वैशाख १३ दिन ढिला