१४ असार २०८३, आइतबार | June 28, 2026

नेकपा स्थायी कमिटी बैठक आज बस्दै, अध्यक्षद्वयको प्रतिवेदनमा छलफल हुने



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । गत असार १० गते सुरु भै साउन १३ गतेबाट अनिश्चितकालीन स्थगित भएको बैठक आज बस्न लागेको हो ।

पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बढेको चरम अविश्वास, आशंकाका कारण अलपत्र परेको बैठक पुनः दुई अध्यक्षबीच समझदारी बढेसँगै बस्न थालेको हो ।

शिर्ष नेतृत्वबीच बढेको गुटबन्दीका कारण असार १६ गते बैठक प्रभावित बनेको थियो । प्रचण्ड र माधव नेपाल पक्षीय नेताहरुले प्रधामन्त्री र अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि भाँडिएको बैठक अन्तिमपटक साउन १३ गते अनौपचारिक रुपमा बसेको थियो ।

तर, पार्टी एकताका पक्षधर नेताहरुको निरन्तर दबाब र फुट विभाजनबाट केही प्राप्त नहुने नेतृत्वको निस्कर्षका बीच सहमतिको विन्दु फेलापरेपछि अध्यक्षद्वय ओली र प्रचण्ड पार्टीलाई समझदारीका साथ अघि बढाउन तयार भएका थिए ।

यसबीचमा पार्टीभित्र बढेको विवाद समाधानको खोजी गर्दै सुझाव दिन महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल बनेको थियो । कार्यदलले दिएको प्रतिवेदनलाई समेत मनन गर्दै अध्यक्षद्वयले स्थायी कमिटीको आजको बैठकमा पेश गर्नेगरी राजनीतिक प्रस्ताव तयार गरेका छन् ।

स्थायी कमिटी सदस्यहरुको हातमा पुग्नु अघि नै संचारमाध्यमलाई पुर्याइएको सो प्रस्तावमा पार्टीभित्रको गुटवन्दीलाई अन्त्य गर्न केही निर्देशन समेत दिने विषय समेटिएको छ ।

आजको स्थायी कमिटी बैठकमा दुई अध्यक्षको साझा प्रस्तावमाथि छलफल भै पारित गरिने महासचिव विष्णु पौडेलले बताएका छन् । कमिटी सदस्यहरुका सुझावलाई समेटेर प्रस्ताव पारित हुने पौडेले जनाए ।

यसअघिको स्थायी कमिटी बैठकका अलपत्र परेका एजेण्डा अब अध्यक्षद्वयकै राजनीतिक प्रस्तावमा समेटिएको छ । यसअघि सरकार संचालनको विषय र बहुविवादित अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता महत्वपूर्ण एजेण्डाले छलफलमा स्थान नै पाएका थिएनन् ।

अध्यक्षद्वयको प्रस्तावममा पार्टीको कार्यदलले दिएको सझावलाई समेट्दै एमसीसीलाई परिमार्जनसहित पारित गर्ने विषय उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २६ भदौ २०७७, शुक्रबार  ९ : २७ बजे

दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा नेपालका सात खेलाडी भुटान जाँदै

काठमाडौं । नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघको समन्वय तथा राष्ट्रिय

डीआर कङ्गोको ऐतिहासिक पुनरागमन जित, दक्षिण कोरियाको विश्वकप यात्रा समाप्त

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

ओली, प्रचण्ड, माधवले आज एउटै मञ्चबाट भाषण गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा