२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

म्याग्दीका बाढीपहिरो पीडितलाई अमेरिकाबासी म्याग्देलीको साढे ३४ लाख सहयोग



म्याग्दी । म्याग्दीका बाढीपहिरो पीडितलाई अमेरिकाको न्यूयोर्कमा बसोबास गर्ने म्याग्देलीले करिब साढे ३४ लाख सहयोग गरेका छन् ।

म्याग्दी समाज न्यूयोर्क अमेरिकाले त्यहाँ रहेका म्याग्देलीबाट सहयोग सङ्कलन गरी जिल्लाभरका बाढीपहिरो पीडितलाई ३४ लाख ४५ हजार सहयोग प्रदान गरेको हो ।

गत असार २५ गते पश्चिम म्याग्दीको धवलागिरी, मालिका, मङ्गला र अन्नपूर्ण गाउँपालिकामा बाढीपहिरोमा ज्यान गुमाएकाको परिवार, घाइते, सुत्केरी र पूर्णरुपमा विस्थापित भएकालाई म्याग्दी समाज न्यूयोर्कले स्थानीय तहका जनप्रतिनिधिमार्फत उनीहरुको हातहातमै आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

स्थानीय तह र प्रहरीले उपलब्ध गराएको विवरणका आधारमा समाजले धवलागिरीमा मृतकका परिवार, घाइते र चार जना सुत्केरीलाई रु २ लाख ८० हजार तथा पूर्णरुपमा क्षति भएका ४४ घरपरिवारलाई रु ११ लाख सहयोग गरेको छ ।

त्यस्तै मालिका गाउँपालिकामा मृतकका परिवार र घाइतेलाई ७० हजार तथा पूर्णरुपमा क्षति भएका ५३ घरधुरीलाई १३ लाख २५ हजार, मङ्गला गाउँपालिकामा १५ घरधुरीलाई ३ लाख ७५ हजार, रघुगङ्गा गाउँपालिकामा मृतकका ३ जना परिवारलाई ३० हजार सहयोग गरिएको छ ।

यस्तै, उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दुई जना मृतकका परिवार र एक जना घाइतेलाई ३० हजार एवं पूर्ण क्षति भई विस्थापित भएका १९ परिवारलाई दुई लाख ३५ हजार सहयोग गरिएको म्याग्दी समाज न्यूयोर्कका प्रतिनिधि पूर्णबहादुर पुनले बताए ।

पूर्णरुपमा विस्थापित भएका प्रतिघरधुरीलाई २५ हजार, प्रतिमृतक परिवारलाई १० हजार, प्रतिघाइते व्यक्तिलाई १० हजार र प्रति सुत्केरी महिलालाई १० हजारको दरले सहयोग गरिएको उनको भनाइ छ ।

त्यस्तै एकै परिवारमा दुई जनाले ज्यान गुमाएकालाई रु १५ हजार, तीन जनालाई २० हजार र चार जनालाई रु २५ हजार नगद सहयोग गरिएको बताइएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा सम्बन्धित गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षलगायत स्थानीय जनप्रतिनिधिको सहभागिता थियो ।

प्रकाशित मिति : २६ भदौ २०७७, शुक्रबार  १ : १७ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात