५ पुस २०८२, शनिबार | December 20, 2025

कोरोना संक्रमणबाट २४ घण्टामा १४ जनाको मृत्यु



काठमाडौं । विगत केही दिनदेखि कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने संख्या केही घटेको थियो । तर, शनिबार मृत्युको संख्या ह्वात्तै माथि पुगेको छ ।

शनिबार देशभरका विभिन्न अस्पतालमा उपचाररत १४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले शनिबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार ३ जना महिला र ११ जना पुरुषको मृत्यु भएको हो ।

तीन जना मृतक काठमाडौंका रहेका छन् । ७६ वर्षीया महिला एवं ५१ र ५४ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, भक्तपुरका ७२ र ३८ वर्षका दुई पुरुष र चितवनका ६१ वर्षका पुरुषको पनि मृत्यु भएको छ ।

यसैगरी रुपन्देहीका ६० र ४० वर्षीय दुई पुरुषको मृत्यु भएको छ भने कास्कीका ५१ वर्षीय एक जना पुरुषको मृत्यु भएको छ ।

यसैगरी पर्साका ७८ वर्षीया महिला र तनहुँका ७६ वर्षीया महिलाको निधन भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, स्याङ्ग्जाका ८५ वर्षीय पुरुष र गोखराका ५१ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

हालसम्म देशभर ३३६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । कोरोनाको मृत्युदर ० दशमलव ६३ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  ४ : ५३ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र