१८ बैशाख २०८३, शुक्रबार | May 2, 2026

कोरोना संक्रमणले बाबुको मृत्यु, छोरा पनि आइसोलेसनमा; आफन्तका भरमा काजक्रिया



स्याङ्जा । कोरोना सङ्क्रमणका कारण बाबुको मृत्यु भएपछि छोराले बाबुको काजक्रिया समेत गर्न पाएनन् ।

पुतलीबजार नगपालिका—१४ स्थायी घर भई पुतलीबजार—१ मा बस्दै आएका ८५ वर्षीय एक वृद्धको पोखरामा उपचारका क्रममा शनिबार मृत्यु भएपछि मृत्कका ४८ वर्षीय छोरा बाबुको काजक्रिया गर्नबाट समेत वञ्चित भएका हुन् ।

लामो समयदेखि दमको बिरामी रहेका बाबुलाई उपचारका लागि यही भदौ २१ गते पोखरा लिएर जानुभएका छोराले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा बाबुको कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि आइसोलेसनमा राखेर बाबुको रेखदेखमा खटिएका थिए ।

बाबुको उपचार चलिरहेकै समयमा भदौ २२ गते छोराको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि बाहिरी रेखदेखका लागि आफन्तका भरमा बाबुलाई अस्पतालमै छाडेर चिकित्सकको सल्लाहमा जिल्ला फर्किएका थिए । स्थानीय कालिका सामुदायिक अस्पताल हेलुको आइसोलेसनमा रहेका छोरा बाबुको मृत्यु भएपछि थप पीडामा छन् भने बाबुको काजक्रिया गर्नबाट समेत वञ्चित भएका छन् ।

मृृतकको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङको काम शुरु गरिएको र परिवारका सदस्यको स्वाब सङ्कलनको तयारी गरिएको पुतलीबजार नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद काफ्लेले जाकारी दिए ।

मृतकका दुई छोरामध्ये एक जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएकाले आइसोलेसनमा रहेको र अर्का छोरा रोजगारीका लागि भारत गएको र उहीँ क्वारेन्टिनमा रहेकाले आफन्तले बाबुको क्रिया गर्नुपर्ने अवस्था रहेको नगरपालिका प्रमुख सीमाकुमारी क्षेत्रीले बताइन ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  १२ : ४५ बजे

थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शुक्रबार थप १९ जना डाक्टरको

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ, पौडेलले सम्हाले जिम्मेवारी

काठमाडौँ । चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि