४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोरोना संक्रमणले बाबुको मृत्यु, छोरा पनि आइसोलेसनमा; आफन्तका भरमा काजक्रिया



स्याङ्जा । कोरोना सङ्क्रमणका कारण बाबुको मृत्यु भएपछि छोराले बाबुको काजक्रिया समेत गर्न पाएनन् ।

पुतलीबजार नगपालिका—१४ स्थायी घर भई पुतलीबजार—१ मा बस्दै आएका ८५ वर्षीय एक वृद्धको पोखरामा उपचारका क्रममा शनिबार मृत्यु भएपछि मृत्कका ४८ वर्षीय छोरा बाबुको काजक्रिया गर्नबाट समेत वञ्चित भएका हुन् ।

लामो समयदेखि दमको बिरामी रहेका बाबुलाई उपचारका लागि यही भदौ २१ गते पोखरा लिएर जानुभएका छोराले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा बाबुको कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि आइसोलेसनमा राखेर बाबुको रेखदेखमा खटिएका थिए ।

बाबुको उपचार चलिरहेकै समयमा भदौ २२ गते छोराको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि बाहिरी रेखदेखका लागि आफन्तका भरमा बाबुलाई अस्पतालमै छाडेर चिकित्सकको सल्लाहमा जिल्ला फर्किएका थिए । स्थानीय कालिका सामुदायिक अस्पताल हेलुको आइसोलेसनमा रहेका छोरा बाबुको मृत्यु भएपछि थप पीडामा छन् भने बाबुको काजक्रिया गर्नबाट समेत वञ्चित भएका छन् ।

मृृतकको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङको काम शुरु गरिएको र परिवारका सदस्यको स्वाब सङ्कलनको तयारी गरिएको पुतलीबजार नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद काफ्लेले जाकारी दिए ।

मृतकका दुई छोरामध्ये एक जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएकाले आइसोलेसनमा रहेको र अर्का छोरा रोजगारीका लागि भारत गएको र उहीँ क्वारेन्टिनमा रहेकाले आफन्तले बाबुको क्रिया गर्नुपर्ने अवस्था रहेको नगरपालिका प्रमुख सीमाकुमारी क्षेत्रीले बताइन ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  १२ : ४५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको