१० श्रावण २०८३, आइतबार | July 26, 2026

विद्युत प्राधिकरणमा कुलमान घिसिङको कार्यकाल सकियो, कार्यकारी निर्देशकमा घिसिङ नै दोहोरिने



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको कुलमान घिसिङको कार्यकाल सकिएको छ ।

घिसिङको चारवर्षे कार्यकाल आइतबारबाट औपचारिक रुपमा सकिएको हो ।

चार वर्ष अघि भदौ २९ गते कार्यकारी निर्देशकको नियुक्ति पाएका घिसिङले विद्युत प्राधिकरणलाई आम जनताको विश्वासयोग्य संस्था बनाउन सफल भएका छन् ।

कुशल नेतृत्व र व्यवस्थापनसहित देशकै पीडा बनेको लोडसेडिङ घटाउन सफल कार्यकारी निर्देशक घिसिङले प्राधिकरणलाई निरन्तर नाफामा समेत लैजान सफल भएका छन् ।

घिसिङको कार्यकाल समाप्त भएपनि उनलाई नै पुनः कार्यकारी निर्देशक बनाउनुपर्छ भन्ने माग उठिरहेको छ ।

अब बस्ने मन्त्रिपरिषद्ले समेत घिसिङलाई नै नियुक्ति गर्ने उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय स्रोतले बताएको छ ।

यसका लागि मन्त्रालयले मन्त्रिपरिषद्मा छलफल गरिने प्रस्ताव तयार पारिसकेको बताइएको छ ।

घिसिङलाई पुनः कार्यकारी निर्देशक बनाउन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओली दुवै सकारात्मक भएपछि उनी दोहोरिने निश्चित बनेको हो ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  ५ : ३२ बजे

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले

एमबीएस प्रश्नपत्र लीक प्रकरण : सिआइबीले सार्वजनिक गर्‍यो मुख्य आरोपीको नाम

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले त्रिभुवन

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस