५ श्रावण २०८३, मंगलबार | July 21, 2026

लोबुचे र मनास्लु हिमाल आरोहण गर्न काठमाडौं आइपुगे बहराइनका राजकुमार



काठमाडौं । खाडी मुलुक बहराईनका राजकुमार नेपालका हिमाल आरोहण गर्न काठमाडौं आइपुगेका छन् ।

राजकुमार नासिर बिन हामिद अल खलिफासहित १८ जनाको टोली रहेको विशेष विमान बिहान ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ । सो बिमान बहराइनको शेख ईशा एयरबेसबाट राति साढे १२ बजे नेपालका लागि प्रस्थान गरेको थियो ।

विमानस्थलमा राजकुमारको टोलीलाई परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरेका छन् । उनीहरुलाई काठमाडौं उड्नुअघि बहराइनस्थित नेपाली दूतावासले बिदाई गरेको थियो ।

राजकुमार नासिरले सोलुखुम्बुको खुम्बु क्षेत्र र गोरखाको मनास्लु हिमाल आरोहण गर्ने योजना रहेको छ ।

राजकुमारको भीआईपी टोली अबको ६ दिन गोकर्णस्थित रिसोर्टमा क्वारेन्टिनमा बस्ने र त्यसपछि आफ्नो आरोहण सुरु गर्नेछ ।

सुरुमा यो टोली काठमाडौंबाट लुक्लासम्म हेलिकप्टर र जहाजबाट र त्यहाँबाट लोबुचे हिमालको आधार शिविरसम्म पदायात्रा गर्ने आरोहणको जिम्मा लिएको सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाले जनाएका छन् ।

राजकुमार नासिरको आरोहण टोलीमा बहराइन डिफोन्स फोर्सका १५ जना सदस्य र तीन जना बेलायती नाागरिक रहेका छन् ।

लुक्ला लोबुचेको आधार शिविर पदयात्रा सकेपछि यो टोली काठमाडौं फर्केर मनास्लु हिमाल आरोहणका लागि जानेछ । यसका लागि उनीहरुले नेपालमा दुई महिना बिताउनेछन् ।

यसपटकको पदयात्रा आरोहण सफल भएपछि अर्को वर्षको सिजनमा सगरमाथा आरोहण गर्ने राजकुमार नासिरको योजना रहेको छ ।

कोरोना भाइरसको महामारीका कारण नेपालको पर्यटन उद्योग ठप्प भएका बेला विदेशी राष्ट्रको भीआईपी आरोहण टोली आएको छ । यसबाट नेपालको धर्मराउँदो पर्यटन उद्योगलाई वचाइराख्न टेवा पुग्ने नेपाल पर्यटन बोर्डले विश्वास लिएको छ ।

यो टोलीको सफल आरोहणपछि विदेशी पदयात्रा र हिमाल आरोहणमा नेपाल भ्रमण गर्न लालायित विदेशी पर्यटकलाई नेपालको वास्तविक अवस्थाबारे संसारभर प्रचार हुनसक्ने बोर्डले जनाएको छ ।

 

 

 

प्रकाशित मिति : ३१ भदौ २०७७, बुधबार  १२ : १९ बजे

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

तयारी पोसाक उद्योगको विकासमा सरकार कटिबद्ध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोसाक उद्योगको