२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

स्थापना दिवसको अवसरमा रक्तदान



बुटवल । तिलोत्तमा चेम्बर अफ कमर्सले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

सातौं स्थापना दिवसको अवसर पारि कमर्सले मणिग्रामस्थित आफ्नै सचिवालयमा रक्तदान आयोजना गरेको हो ।

कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य तथा सर्वसाधारण गरि ५० जनाले रक्तदान गरेको संस्थाले जनाएको छ ।

विगतका वर्षहरुमा रक्तदान, सरसफाई, विभिन्न आश्रमहरुमा सहयोग लगायतका कार्यक्रम सहित स्थापना दिवस मनाउने गरेकोमा यसवर्ष भने कोरोना संक्रमणको महामारीका विचमा रक्तदान कार्यक्रम गरी स्थापना दिवस मनाएको संस्थाले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथी एवं रेडियो लुम्बिनीका अध्यक्ष दुजेन्द्र बस्नेतले रक्तदाताहरुलाई व्लड व्याग प्रदान गरि कार्यक्रमको शुभारम्भ गरेका हुन ।
सो अवसरमा बोल्दै बस्नेतले कोरोना संक्रमणका कारण मुलुकको व्यापार व्यवसाय धरासायी अवस्थामा पुगेको भएपनि सहज अवस्था आएपछि सुधार हुने विश्वास व्यक्त गरे ।
उनले सरकारले व्यापार, व्यवसाय, यातायात, उद्योग, कलकारखाना सबै खुल्ला गर्न लागेको भएपनि कोरोना संक्रमणको जोखिम नहटेको उल्लेख गर्दै नागरिक आफैले सावधानी अपनाएर दैनिक कामलाई सहज बनाउनुपर्ने बताए ।

सबै क्षेत्र खुल्ला भएको अवस्थामा नागरिकको सानो लापरवाहीले पनि कोरोना संक्रमणले महामारीको रुप लिन सक्नेतर्फ सचेत बन्नपनि आग्रह गरे ।
संस्थाका अध्यक्ष झविन्द्र प्रसाद कंडेलले विगतका स्थापना दिवसहरु भव्य रुपमा मनाउने गरिएको भएपनि अहिलेको जटिल अवस्थामा रक्तदान कार्यक्रम गरेर नै स्थापना दिवस मनाईएको बताए ।
उहांले अप्ठ्यारो अवस्था सधै नरहने भएकोले भोलिका दिन सहज बनेर आउने विश्वास व्यक्त गरे । संस्थाका महासचिव विष्णु बरालको संचालन तथा प्रथम उपाध्यक्ष बाबुलाल भुसालको स्वागतमा सम्पन्न भएको कार्यक्रममा रुपन्देही व्यापार संघका उपाध्यक्ष डिल्लीराज भण्डारी, सल्लाहकार नुमेन्द्र पौडेल, भगवती पाण्डे, नमस्ते नेपालका अर्जुन खरेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ३१ भदौ २०७७, बुधबार  २ : २६ बजे

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक

मोबाइल सेवाको गुणस्तर सुधार र सेवा विस्तारमा ध्यान दिन दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता

ढल्केबर ट्रमा सेन्टरको योजना सारिएको भन्दै कांग्रेस सांसदको मौन विरोध

काठमाडौं । धनुषाको ढल्केबरमा निर्माण प्रस्ताव गरिएको ट्रमा सेन्टरको योजना

कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई

उद्योग वाणिज्य संघको निर्वाचनमा दलगत प्रतिस्पर्धा नगर्ने सहमति

नेपालगन्ज । बिगत लामो समयदेखि दलगत व्यवसायिक संगठनबाट छुट्टाछुट्टै प्यानल