२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

संविधान दिवस : प्रधानमन्त्री ओलीद्वारा देशबासीका नाममा विशेष सम्बोधन हुँदै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष सम्बोधन गर्नेभएका छन् ।

प्रधानमन्त्री ओलीले दिवसका अवसरमा अहिले केही बेरमा बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी का छन् ।

सम्बोधनमार्फत उनले स्वदेश र विदेशमा रहेका नेपालीलाई शुभकामना दिने भएकाले विगतमा अघिल्लो दिन प्रधानमन्त्रीले लिखित शुभकामना दिने क्रमभन्दा पृथक रहने जनाइएको छ ।

यसवर्ष टुँडिखेलमा अघिल्ला वर्षहरुमाजस्तै मन्त्री, सांसद, कूटनीतिक नियोगका प्रतिनिधि, कर्मचारी, कलाकार लगायत कसैलाई पनि बोलाईएको छैन ।

कोरोना भाइरसको महामारकिा कारण सीमित संख्यामा संविधान दिवस मनाउन लागिएको हो । सरकारले आम सर्वसाधारणलाई घरमै राष्ट्रिय झण्डा फहराएर संविधान दिवस मनाउन आह्वा गरेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ६ : ४५ बजे

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर । चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका

डब्ल्युटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन

काठमाडौं । नेपाल विश्व व्यापार संगठन (डब्ल्यूटीओ) व्यापार तथा वातावरण

पश्चिम एसियामा अलपत्र नेपालीको उद्धार : निगमद्वारा विशेष उद्धार उडान आज पनि

काठमाडौं । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुवा

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने