१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

पेरिसडाँडामा पार्टी सचिवालयको बैठक सुरु



काठमाडौं । पुर्व माओबादीको पार्टी कार्यालय रहेको काठमाडौंको पेरिसडाँडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पहिलो पटक सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पनि पहिलो पटक पार्टीको बैठकमा सहभागि हुन पेरिसडाँडा पुगेका छन् ।

अध्याक्ष प्रचण्डले कार्यकारी अध्यक्ष पाएपछि राखिएको पहिलो बैठकमा बैठकमा मन्त्रिमण्डल पुनर्गठनदेखि पार्टी एकताको पूर्णतासम्मका विषयमा छलफल हुने नेकपा श्रोतले जनाएको छ । पेरिसडाँडास्थित नेकपाको अर्को केन्द्रीय कार्यालयको माथिल्लो तलामा भौतिक दूरी कायम गरेर बैठक सुरु भएको हो ।

यसअघि सचिवालयका केही बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेपनि अन्य सबै बैठकहरु प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको थियो ।

स्थायी कमिटी बैठकको निर्णय अनुसार मन्त्रिमण्डल पुनर्गठन गर्ने, सांगठनिक एकीकरणको बाँकी काम पूरा गर्ने र संवैधानिक निकायहरुमा राजनीतिक नियुक्ति गर्ने लगायतका विषयमा बैठकमा छलफल हुने पार्टी श्रोतले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ११ : ५१ बजे

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर

कोशीमा संकल्प प्रस्ताव पारित भएको पत्र प्रदेश प्रमुखलाई पठाइयो

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग प्रदेशसभामा बहुमत नरहेको

समृद्धी सलोन एण्ड एकेडेमीद्धारा सम्मान तथा दिक्षित

बुटवल । बुटवलको अमरपथस्थित सिंह कम्पेलेक्समा रहेको समृद्धी सलोन एण्ड