१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

आन्तरिक उडान सुचारु भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित



मुलुकको आन्तरिक हवाई उडान सोमबारदेखि नियमित सञ्चालन हुने भएपछि यहाँका पर्यटन व्यवसायीमा केही उत्साह थपिएको छ ।

कोभिड–१९ महामारीका कारण विगत ६ महिनादेखि हवाई सेवा बन्द अवस्थामा छ ।

नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देल लामो समयको बन्दाबन्दीपछि सञ्चालनका आउन लागेको हवाई उडानले व्यवसायीमा उत्साह थपेको बताए ।

“व्यवसाय सोचेजस्तो हुन अझै धेरै नै समय लाग्छ तर देश तथा विदेशमा नेपाल घुम्नका लागि नेपाल खुला भयो भन्ने पु¥याउन सकेपछि आगामी दिनमा पर्यटकीय गतिविधिका सहयोग पुग्नेछ ।” उनले लामो समयको बन्दले व्यवसायीलाई धेरै तनाव थपेको र अब व्यवसाय सञ्चालन भएपछि केही मात्रामा भए पनि तनाव कम हुने विश्वास व्यक्त गरे।”

उनका अनुसार पोखरामा हाल संस्थामा आबद्ध ट्राभल्स एजेन्सी १८१ र पर्यटक यातायात व्यवसायी ८६ छन् । त्यस्तै ट्राभल्स एजेन्सीमा एक हजार १२ तथा यातायाततर्फ ६५३ जनाले रोजगारी प्राप्त गरेका छन् ।

करीब तीन अर्ब लगानी भएको यस क्षेत्रमा सानाठूला गरी ४०० पर्यटकीय सवारी साधन छन् । यही असोज १ देखि पोखराका दैनिक दुई पर्यटकीय बस पोखराबाट छुटेका छन् । अहिले यात्रुको सङ्ख्या जम्मा १० देखि १५ प्रतिशतमात्र रहेको उनको भनाइ छ ।

फस्ट फ्लाइट ट्राभल प्रालिका सञ्चालक जीवनराज सापकोटाले आन्तरिक उडान सञ्चालन हुन थालेपछि बुकिङ आउन थालेको बताए । “अब आशा छ सुस्ताएको पर्यटन व्यवसाय आन्तरिक उडानसँगै केही चलायमान हुनेछ र गति लिनेछ”, उन । उनका अनुसार यति र बुद्धले दिनको दुई उडान राखेको छ भने श्रीले अक्टुबर १ तारिखसम्म पोखरा उडानको सेड्युल राखेको छैन ।

त्यसैगरी पोखरादेखि भैरहवा, भरतपुरको उडान पनि अक्टुबर १ सम्म सेड्युलमा नभएको उनले जानकारी दिए । एयरलाइन्सले हवाई भाडा पनि नबढाई जहाजमा पूर्ण क्षमतामै यात्रु राख्न पाउने भएपछि यात्रुलाई पनि सहज हुने उनको भनाइ छ ।

सोनिक ट्राभल्स एन्ड टुर्स प्रालिका सञ्चालक कुलचन्द्र शर्मा पनि सोमबारबाट सञ्चालन हुन लागेको आन्तरिक हवाई सञ्चालनले व्यवसायप्रति आशा पलाएको जानकारी दिए ।

उनले फोनबाट बुकिङसमेत आएकाले बिस्तारै व्यवसायले गति लिनेमा आशावादी भएको उनको भनाइ छ । उनले सोबबारदेखि उडान शुरु हुने भएपछि आन्तरिक उडानका बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स लगायतले बुकिङ खुलाएपछि आफूहरुले पछि टिकट बिक्री गर्न शुरु गरेको जानकारी दिए ।

कोभिड–१९ को असरलाई ध्यान दिएर सरकारले सञ्चालनको पहिलो साता आन्तरिक उडानका एयरलाइन्सलाई २५ प्रतिशत मात्र उडान अनुमति दिइएको छ । तर वायुसेवा सञ्चालकले पूर्ण क्षमतामा यात्रु बोक्न पाउनुपर्ने अडान लिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक उडानका जहाजले शत्प्रतिशत यात्रु बोक्न पाउने निर्णय गरेपछि एयरलाइन्स कम्पनी सोमबारदेखि उडान सञ्चालन गर्न सहमत भएका हुन् । शुरुमा ५० प्रतिशत मात्रै यात्रु बोक्न पाउने व्यवस्था गरिएकामा व्यवसायीले चर्को विरोध जनाएपछि शत्प्रतिशत यात्रु राखेर उडाउने निर्णय गरिएको हो । अन्तर्राष्ट्रिय उडान भने गत भदौ १६ देखि सञ्चालनमा आइसकेको छ ।

छोटोलामा दूरीका सवारी साधन र अन्तर्राष्टि«य र आन्तरिक उडान शुरु हुन थालेपछि छ महिनापछि पोखरा लेकसाइडका होटल तथा रेस्टुराँ व्यवसाय पनि खुल्न थालेका छन् ।

पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनका अनुसार अहिले लेकसाइडका होटल आंशिक रुपमा खुलेको र बाँकी खुल्ने तयारीमा रहेको जानकारी दिनुभयो । पोखरामा सात सय पर्यटकीय होटल छन् भने सङ्घमा चार सय होटल आबद्ध छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  १ : ५९ बजे

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा