१० श्रावण २०८३, आइतबार | July 26, 2026

२५ हजार सक्रिय संक्रमित नाघे पुनः लकडाउन लगाउन स्वास्थ्य मन्त्रालयको सिफारिस



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुनः लकडाउनको संकेत गरेको छ ।

मन्त्रालयलले आयोजना गरेको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले पुनः देशव्यापी लकडाउन गर्नुपर्ने अवस्था आउन लागेको जनाएका छन् ।

प्रवक्ता गौतमका अनुसार सक्रिय संक्रमित २५ हजार नाघेमा स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमले लकडाउन लगाउनुपर्ने निस्कर्ष निकालेको जानकारी दिए ।

आज सक्रिय संक्रमितको संखया १७ हजार ४१४ रहेको छ । अर्थात, थप ७ हजार ५८६ जना सक्रिय संक्रमित थपिए देशव्यापी लकडाउन लागु हुनेछ ।

प्रवक्ता गौतमले भने, ‘२५ हजार भन्दा बढी सक्रिय संक्रमित बढे स्वास्थ्य सेवा दिनका लागि समस्या उत्पन्न हुनेछ । संक्रमितहरु बढे अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो हुन्छ ।’

इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले जनस्वाथ्य मापदण्ड पालना गर्न नसक्ने व्यवसायलाई थप एक महिना बन्द गर्न सिफारिस गरेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ४ : ५१ बजे

एमबीएस प्रश्नपत्र लीक प्रकरण : सिआइबीले सार्वजनिक गर्‍यो मुख्य आरोपीको नाम

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले त्रिभुवन

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक, ‘नेपाल’ सम्मान

काठमाडौं । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक ९नेपाल०’ अवार्ड प्राप्त

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल