२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

२५ हजार सक्रिय संक्रमित नाघे पुनः लकडाउन लगाउन स्वास्थ्य मन्त्रालयको सिफारिस



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुनः लकडाउनको संकेत गरेको छ ।

मन्त्रालयलले आयोजना गरेको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले पुनः देशव्यापी लकडाउन गर्नुपर्ने अवस्था आउन लागेको जनाएका छन् ।

प्रवक्ता गौतमका अनुसार सक्रिय संक्रमित २५ हजार नाघेमा स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमले लकडाउन लगाउनुपर्ने निस्कर्ष निकालेको जानकारी दिए ।

आज सक्रिय संक्रमितको संखया १७ हजार ४१४ रहेको छ । अर्थात, थप ७ हजार ५८६ जना सक्रिय संक्रमित थपिए देशव्यापी लकडाउन लागु हुनेछ ।

प्रवक्ता गौतमले भने, ‘२५ हजार भन्दा बढी सक्रिय संक्रमित बढे स्वास्थ्य सेवा दिनका लागि समस्या उत्पन्न हुनेछ । संक्रमितहरु बढे अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो हुन्छ ।’

इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले जनस्वाथ्य मापदण्ड पालना गर्न नसक्ने व्यवसायलाई थप एक महिना बन्द गर्न सिफारिस गरेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ४ : ५१ बजे

उपेन्द्र यादवले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक

चट्याङ लागेर बालकको मृत्यु

अछाम । चट्याङ लागेर रामारोशन गाउँपालिका-७ मेलकाटिया निवासी कमल भण्डारीका

उपप्रधानमन्त्री यादव स्वदेश फिर्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव संयुक्त