१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

तिनाउ नदीको बाढीले बुटवलको रानीगञ्जमा १ घर बगायो ( भिडियो सहित )



बुटवल । तिनाउ नदीमा आएको बाढीले एक घर बगाएको छ ।

अबिरल बर्षासँगै तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका वडा नम्बर १७ रानीगंजमा एक घर बगाएको हो ।

तिनाउ नदीमा आएको बाढीले बिहिबार दिउसो स्थानीय प्रेम कुमारी खाँम्चाको टिनले छाएको ब्लकले बनाएको एक तले घर वगाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी खडक बहादुर खत्रीले जानकारी दिए ।

बाढीले मानविय क्षती नभए पनि सोही स्थानका अन्य ४ घर जोखिममा रहेको खत्रीले जानकारी दिए । सुकुम्वासी वस्ती रहेको तिनाउ नदी तटिय क्षेत्रमा २० हजार बढी घरपरिवार सकुम्बासीका रुपमा बस्दै आएका छन ।

तिनाउ नदीले खतराको तह नाघे पछि तिनाउ नदीको तटीय क्षेत्र र आसपासमा रहेका नागरिकहरुलाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

केहीदिनदेखि परेको वर्षाका कारण तिनाउमा पानीको सतहले खतराको तह पार गरेको छ ।

लाइभ भिडियो सहित हेर्नुहोस

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ५ : ०५ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग