६ फाल्गुन २०८२, बुधबार | February 19, 2026

तिनाउ नदीको बाढीले बुटवलको रानीगञ्जमा १ घर बगायो ( भिडियो सहित )



बुटवल । तिनाउ नदीमा आएको बाढीले एक घर बगाएको छ ।

अबिरल बर्षासँगै तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका वडा नम्बर १७ रानीगंजमा एक घर बगाएको हो ।

तिनाउ नदीमा आएको बाढीले बिहिबार दिउसो स्थानीय प्रेम कुमारी खाँम्चाको टिनले छाएको ब्लकले बनाएको एक तले घर वगाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी खडक बहादुर खत्रीले जानकारी दिए ।

बाढीले मानविय क्षती नभए पनि सोही स्थानका अन्य ४ घर जोखिममा रहेको खत्रीले जानकारी दिए । सुकुम्वासी वस्ती रहेको तिनाउ नदी तटिय क्षेत्रमा २० हजार बढी घरपरिवार सकुम्बासीका रुपमा बस्दै आएका छन ।

तिनाउ नदीले खतराको तह नाघे पछि तिनाउ नदीको तटीय क्षेत्र र आसपासमा रहेका नागरिकहरुलाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

केहीदिनदेखि परेको वर्षाका कारण तिनाउमा पानीको सतहले खतराको तह पार गरेको छ ।

लाइभ भिडियो सहित हेर्नुहोस

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ५ : ०५ बजे

सहिद परिवारले दिए प्रचण्डलाई निर्वाचन खर्च

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुलाई सहिद

नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ : उम्मेदवार पुन

खजुरा । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर

प्रतिज्ञापत्रबारे सभापति थापासँग भोलि बिहीबार खुला प्रश्नोत्तर

ललितपुर । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का