१० श्रावण २०८३, आइतबार | July 26, 2026

किसानले काचै किवी टिपेर बजार पुर्‍याएपछि सरोकारवालाको आपत्ति



इलाम । कलिलै टिपेर किसानले किवीफल बजार पुर्‍याउन थालेपछि पछिल्लो समय किवीको गुणस्तरीयतामाथि प्रश्न खडा भएको छ ।

किसानले विभिन्न बहानामा काचै किवी टिपेर बजार पुर्‍याएपछि गुणस्तरहीन किवी बजार पुगेको भन्दै सरोकारवाला निकायले आपत्ति जनाएका छन् ।

बेला नहुँदै किवी टिप्ने किसानलाई किवी जोन र कृषि ज्ञान केन्द्रबाट उपलब्ध हुने अनुदान कटौती गर्ने निर्णय भएको हो । कृषि ज्ञान केन्द्र, किवी जोन सञ्चालक समिति, उद्योग वाणिज्य सङ्घ, जिल्ला सहकारी सङ्घका प्रतिनिधिबीच भएको छलफलले खानयोग्य नभएको किवी बजारमा जाँदा किवीको बजार खस्किने र उपभोक्ता समेत ठगिने भएकाले योग्य नभएको किवी बिक्रीलाई निरुत्साहित गर्न यस्तो निर्णय गरिएको हो ।

अपरिपक्व किवी टिप्ने किसानको किवी जोन सञ्चालक समिति र कृषि ज्ञान केन्द्रले तथ्याङ्क सङ्कलन गर्नेछन् । बेला नहुँदै किवी टिप्ने किसानलाई राज्यका तर्फबाट उपललब्ध हुने अनुदानलगायत कार्यक्रममा समावेश नगर्ने सरोकारवालाको निर्णय छ । अघिल्लो वर्ष पनि किवीखेतीका लागि हानिकारक अभ्यास गर्ने आठ जनाको अनुदान कटौती गरिएको थियो ।

किवी जोन कार्यक्रम कार्यान्वयन भइरहेको इलाम जिल्लाको राँकेबजार, इलाम, फिक्कल हर्कटेलगायत बजारबाट किवी बिक्री भइरहेको पाइएको किवी जोन सञ्चालक समितिका अध्यक्ष देउकुमार राई बताउँछन् । कतिपय व्यवसायीले विर्तामोड, दमक, धरानदेखि काठमाडौँसम्म त्यस्तो किवी पुर्‍याइसकेको सूचना पाएको उनको भनाइ छ । कात्तिक अन्तिमतिर मात्रै परिपक्व हुने किवी भदौबाटै बजारमा निस्किएको छ ।

बेला नहुँदै बजारमा निस्किएको किवी स्वादिलो हुँदैन । नपाकेको किवी अमिलो हुन्छ । नछिप्पिदै टिपेको किवी चाउरिने र कुहिन्छ ।

सामान्यतया गुलियोपन आठ डिग्री ब्रिस्क टिप्न योग्य मानिन्छ । यस्तो किवीलाई गुम्स्याएर खान योग्य बनाइन्छ । गुम्स्याएपछि १९ डिग्री ब्रिक्स गुलियोपन कायम हुने कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख टोनी बर्देवाको भनाइ छ । कात्तिक अन्तिमतिर हरियो विकी टिप्न उचित हुने बर्देवाको सुझाव छ । रासस

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ८ : ०० बजे

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले

एमबीएस प्रश्नपत्र लीक प्रकरण : सिआइबीले सार्वजनिक गर्‍यो मुख्य आरोपीको नाम

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले त्रिभुवन