१ पुस २०८२, मंगलबार | December 16, 2025

किसानले काचै किवी टिपेर बजार पुर्‍याएपछि सरोकारवालाको आपत्ति



इलाम । कलिलै टिपेर किसानले किवीफल बजार पुर्‍याउन थालेपछि पछिल्लो समय किवीको गुणस्तरीयतामाथि प्रश्न खडा भएको छ ।

किसानले विभिन्न बहानामा काचै किवी टिपेर बजार पुर्‍याएपछि गुणस्तरहीन किवी बजार पुगेको भन्दै सरोकारवाला निकायले आपत्ति जनाएका छन् ।

बेला नहुँदै किवी टिप्ने किसानलाई किवी जोन र कृषि ज्ञान केन्द्रबाट उपलब्ध हुने अनुदान कटौती गर्ने निर्णय भएको हो । कृषि ज्ञान केन्द्र, किवी जोन सञ्चालक समिति, उद्योग वाणिज्य सङ्घ, जिल्ला सहकारी सङ्घका प्रतिनिधिबीच भएको छलफलले खानयोग्य नभएको किवी बजारमा जाँदा किवीको बजार खस्किने र उपभोक्ता समेत ठगिने भएकाले योग्य नभएको किवी बिक्रीलाई निरुत्साहित गर्न यस्तो निर्णय गरिएको हो ।

अपरिपक्व किवी टिप्ने किसानको किवी जोन सञ्चालक समिति र कृषि ज्ञान केन्द्रले तथ्याङ्क सङ्कलन गर्नेछन् । बेला नहुँदै किवी टिप्ने किसानलाई राज्यका तर्फबाट उपललब्ध हुने अनुदानलगायत कार्यक्रममा समावेश नगर्ने सरोकारवालाको निर्णय छ । अघिल्लो वर्ष पनि किवीखेतीका लागि हानिकारक अभ्यास गर्ने आठ जनाको अनुदान कटौती गरिएको थियो ।

किवी जोन कार्यक्रम कार्यान्वयन भइरहेको इलाम जिल्लाको राँकेबजार, इलाम, फिक्कल हर्कटेलगायत बजारबाट किवी बिक्री भइरहेको पाइएको किवी जोन सञ्चालक समितिका अध्यक्ष देउकुमार राई बताउँछन् । कतिपय व्यवसायीले विर्तामोड, दमक, धरानदेखि काठमाडौँसम्म त्यस्तो किवी पुर्‍याइसकेको सूचना पाएको उनको भनाइ छ । कात्तिक अन्तिमतिर मात्रै परिपक्व हुने किवी भदौबाटै बजारमा निस्किएको छ ।

बेला नहुँदै बजारमा निस्किएको किवी स्वादिलो हुँदैन । नपाकेको किवी अमिलो हुन्छ । नछिप्पिदै टिपेको किवी चाउरिने र कुहिन्छ ।

सामान्यतया गुलियोपन आठ डिग्री ब्रिस्क टिप्न योग्य मानिन्छ । यस्तो किवीलाई गुम्स्याएर खान योग्य बनाइन्छ । गुम्स्याएपछि १९ डिग्री ब्रिक्स गुलियोपन कायम हुने कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख टोनी बर्देवाको भनाइ छ । कात्तिक अन्तिमतिर हरियो विकी टिप्न उचित हुने बर्देवाको सुझाव छ । रासस

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ८ : ०० बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज