४ पुस २०८२, शुक्रबार | December 20, 2025

एसिड छ्याप्ने अपराधीलाई कठोर सजायँसहितको अध्यादेश पारित, आजै राष्ट्रपतिले जारी गर्ने



काठमाडौं । एसिड छ्यापेर अर्को व्यक्तिलाई क्षति पुर्याउने आपराधिक मानसिकतालाई नियन्त्रण गर्न सरकारले कडा सजायँ व्यवस्थासहितको अध्यादेश ल्याएको छ ।

मन्त्रिपरिषद्ले जारी गरेको अध्यादेशअनुसार एसिड छ्यापेर कसैको मृत्यु भएमा एसिड छ्याप्ने व्यक्तिलाई जन्मकैद हुनेछ । यस्तै, कसैले एसिड छ्यापेर कसैलाई घाइते वा शरीरमा क्षति पुऱ्याए २० वर्ष कैद सजाय हुने व्यवस्था गरेको छ ।

एसिडको दुरुपयोग र यसबाट हुने अपराधसम्बन्धी छुट्टै अध्यादेश पारित गर्दै मन्त्रिपरिषद्ले २० वर्षसम्म कैद र १० लाख क्षतिपूर्ति भराउने गरी अध्यादेश पारित गरेको हो । एसिड छ्यापेर कसैको मृत्यु भएमा जन्मकैद हुनेछ ।

अब एसिड आक्रमणबाट भाइते घाइते बनाए, अंगभंग वा शरीरका कुनै अंगमा क्षति पुऱ्याए आक्रमणकारीलाई २० वर्ष कैद र १० लाख क्षतिपूर्ति भराइनेछ ।

सरकारले ल्याएको अध्यादेश शुक्रबार नै राष्ट्रपतिबाट जारी भै राजपत्रमा प्रकाशित हुने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुङ्बाहाम्फेले बताएकी छिन् ।

‘एसिड अपराधविरुद्ध कठोर कानुनी व्यवस्थासहितको अध्यादेश बिहीबार मन्त्रिपरिषद् बैठकले पारित गरेको थियो ।

यो पनि पढ्नुहोस : एसिड प्रहार गर्ने अपराधीको सम्पत्ति रोक्काका लागि नयाँ कानुन ल्याउन प्रधानमन्त्रीको निर्देशन 

नयाँ कानुनअनुसार एसिड अपराधमा संलग्नलाई कसुरको नेगेटिभ सूचीमा राखेर सजाय माफी मिनाहा नहुने व्यवस्था गरिएको छ ।

मुलुकी अपराध संहिता–२०७४ अनुसार एसिड प्रहारबाट कसैको मृत्यु भएमा जन्मकैद र घाइते, अंगभंग भए अधिकतम ८ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । ज्यान मार्ने उद्योगमा अधिकतम १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

यी दुवै कानुनी प्रावधान कमजोर भएकै कारण सरकारले अध्यादेशमार्फत् एसिडसम्बन्धी छुट्टै कानुन बनाउन लागेको हो ।

केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २५ गते एसिड आक्रमणबाट पीडित र भएकाहरुसँग भेट्दै यस्तो अपराधविरुद्ध कठोर कानुन ल्याउने प्रतिवद्धता जनाएका थिए ।

 

 

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ३ : ३१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको