२१ भदौ २०८३, आइतबार | September 7, 2026

एसिड प्रहारसम्बन्धी नयाँ कानुन कार्यान्वयनमा, जनकपुरमा एसिड बेच्ने र प्रहार गर्ने दुईजनामाथि मुद्दा चलाउने तयारी



काठमाडौँ । एसिड आक्रमण सम्बन्धि नयाँ कानुन बने यता प्रहरीले पहिलो पटक एसिडको कारोबर गर्ने तथा एसिड प्रहार गर्ने ब्यक्तिलाई पक्राउ गरि नयाँ कानुन अनुसार कारवाही अगाडि बढाएको छ ।

धनुषाको जनकपुरमा शनिबार श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने सन्जिव साहलाई पक्राउ गरेपछि त्यसको अनुसन्धानका क्रममा प्रहरीले ठुलो परिमाणको एसिड तथा एसिडको बिक्रेतालाई पक्राउ गरेको छ ।

धनुषा प्रहरीका अनुसार प्रहरीले ५८ बोतल एसिडसहित नागेन्द्र साहलाई पक्राउ गरेको हो । बियरको बोतलमा भरेर राखिएको अवस्थामा साहलाई जनकपुर उपमहानगरापालिका–४ स्थित किराना पसलबाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख एसपी रमेशकुमार बस्नेतले पुष्टि गरेका छन् ।

एसिड प्रहार गर्ने सन्जिवले साहकै पसलबाट एसिड किनेको समेत खुलासा भएको छ । बरामद गरिएको एसिड करिब साढे ४३ लिटर रहेको प्रहरीले बताएको छ ।

गत साउनमा ओखलढुंगाकी पवित्रा कार्कीमाथि एसिड आक्रमण भएको घटनापछि सरकारले यसको खरिद बिक्री, एसिड प्रहारलगायतका घटनामा संलग्नलाई कठोर कानुन सजायसहितको अध्यायदेश जारी गरेको थियो ।

नयाँ कानुनअनुसार एसिड आक्रमणबाट पीडित बनेकाको सम्पूर्ण उपचार खर्च र जीवनयापनको ग्यारेन्टी राज्यले लिने कानुनमा उल्लेख छ ।नयाँ कानुनमा एसिड प्रहारबाट अंगभंग भएमा २० वर्षसम्म कैद र बिनाअनुमति बिक्रीवितरण गर्नेलाई १० वर्षसम्म कैद सजाय हुने ब्यवस्था समेत गरिएको छ ।

एसिड आक्रमणकारी र यसको अनुमतिबिना बिक्रीवितरण गर्नेै सन्जिव र नागेन्द्रमाथि नयाँ कानुन अनुसार कारबाही हुने धनुषा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ११ : १३ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त