३ मंसिर २०८२, बुधबार | November 19, 2025

एसिड प्रहारसम्बन्धी नयाँ कानुन कार्यान्वयनमा, जनकपुरमा एसिड बेच्ने र प्रहार गर्ने दुईजनामाथि मुद्दा चलाउने तयारी



काठमाडौँ । एसिड आक्रमण सम्बन्धि नयाँ कानुन बने यता प्रहरीले पहिलो पटक एसिडको कारोबर गर्ने तथा एसिड प्रहार गर्ने ब्यक्तिलाई पक्राउ गरि नयाँ कानुन अनुसार कारवाही अगाडि बढाएको छ ।

धनुषाको जनकपुरमा शनिबार श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने सन्जिव साहलाई पक्राउ गरेपछि त्यसको अनुसन्धानका क्रममा प्रहरीले ठुलो परिमाणको एसिड तथा एसिडको बिक्रेतालाई पक्राउ गरेको छ ।

धनुषा प्रहरीका अनुसार प्रहरीले ५८ बोतल एसिडसहित नागेन्द्र साहलाई पक्राउ गरेको हो । बियरको बोतलमा भरेर राखिएको अवस्थामा साहलाई जनकपुर उपमहानगरापालिका–४ स्थित किराना पसलबाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख एसपी रमेशकुमार बस्नेतले पुष्टि गरेका छन् ।

एसिड प्रहार गर्ने सन्जिवले साहकै पसलबाट एसिड किनेको समेत खुलासा भएको छ । बरामद गरिएको एसिड करिब साढे ४३ लिटर रहेको प्रहरीले बताएको छ ।

गत साउनमा ओखलढुंगाकी पवित्रा कार्कीमाथि एसिड आक्रमण भएको घटनापछि सरकारले यसको खरिद बिक्री, एसिड प्रहारलगायतका घटनामा संलग्नलाई कठोर कानुन सजायसहितको अध्यायदेश जारी गरेको थियो ।

नयाँ कानुनअनुसार एसिड आक्रमणबाट पीडित बनेकाको सम्पूर्ण उपचार खर्च र जीवनयापनको ग्यारेन्टी राज्यले लिने कानुनमा उल्लेख छ ।नयाँ कानुनमा एसिड प्रहारबाट अंगभंग भएमा २० वर्षसम्म कैद र बिनाअनुमति बिक्रीवितरण गर्नेलाई १० वर्षसम्म कैद सजाय हुने ब्यवस्था समेत गरिएको छ ।

एसिड आक्रमणकारी र यसको अनुमतिबिना बिक्रीवितरण गर्नेै सन्जिव र नागेन्द्रमाथि नयाँ कानुन अनुसार कारबाही हुने धनुषा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ११ : १३ बजे

सिमरा घटना जेनजीको भावना होइन, दुरुपयोग हो : कांग्रेस महामन्त्री शर्मा

काठमाडौं । बाराको सिमरामा एमाले महासचिव शंकर पोखरेल र नेता

गलेश्वर शिवालयमा भक्तजनको घुइँचो

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित गलेश्वर शिवालय मन्दिरमा

ताप्लेजुङ तेम्बा बजारको आगलागीबाट एक करोड १८ लाखबढीको क्षति

फुङ्लिङ । ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा रु एक करोड

५ वटा ज्यानमार्ने उद्योगसहित ६ मुद्दामा फरार सरोजविक्रम विष्ट (समिर)पक्राउ

नेपालगन्ज । बाँकेमा ५ वटा ज्यान मार्ने उद्योग र एक

समाज कल्याण परिषद्को सदस्य सचिवमा मनोज भट्ट नियुक्त

काठमाडौ । सरकारले समाज कल्याण परिषद्को सदस्य सचिवमा मनोज भट्टलाई