२२ भदौ २०८३, सोमबार | September 7, 2026

बाँकेमा झण्डै ८० प्रतिशत कोरोना संक्रमित कोरोना मुक्त, आईतबार २३ जना डिस्चार्ज



नेपालगन्ज । शनिबार ३० जना नयाँ कोरोना संक्रमित थपिएको बाँकेमा आईतबार २३ जना कोरोना मुक्त भएर घर फर्केका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार आईतबारसम्म लगातार १४ दिन लक्षण नदेखिएका २३ जनालाई डिस्चार्ज गरिएको छ । आज डिस्चार्ज हुनेमा खजुरा गाँउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति सहित २३ जना छन् । अध्यक्ष कक्षपतिका परिवारहरुपनि आजै डिस्चार्ज हुदैछन । कोरोनालाई जितेर घर फर्कनेमा नेपालगन्ज मेडिकल कलेजका डाक्टर, अन्य स्वास्थ्यकर्मि लगाएत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमण पुष्टि भएपछि बाँकेका बिभिन्न आइसोलेसनमा बसेर उपचाररत उनीहरुमा लगातार १४ दिन सम्म कोरोनाको कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले बताए ।

बाँकेमा कुल कोरोना संक्रमितको संख्या १८०५ पुग्दा १४३४ जना कोरोना मुक्त भएर घर फर्केका छन् । १२ जना कोरोना संक्रमितको ज्यान गएको बाँकेमा ३५९ जनाले अहिले पनि बिभिन्न अस्पताल तथा आइसोलेसनमा बसेर उपचार गराईरहेका छन् । बाँकेमा संक्रमित बन्ने र निको हुनेको दर ७९ दशमलब ४५ प्रतिशत रहेको छ भने मृत्यु दर ० दशमलव ६६ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ९ : २१ बजे

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११

भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा