४ चैत्र २०८२, बुधबार | March 18, 2026

पर्यटनमन्त्रीको निर्देशनमा रोकियो हिमालय एयरलाइन्सको सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा



काठमाडौं । चौतर्फी विरोध सुरुभएपछि हिमालय एयरलाइन्सलाई त्रिभुवन अतराष्ट्रिय विमानस्थलनमा सेल्फ ग्राउण्ड ह्याण्डलिङ गर्न दिने निर्णयबाट सरकार पछि हटेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले हिमालय एयरलाइन्सलाई दिएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधाको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका छन्।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई मन्त्रालयमै बोलाएर मन्त्री भट्टराईले निर्याण कार्यान्वयन नगर्न निर्देशन दिएका हुन् ।

भट्टराईले निर्णय कायान्वयन नगर्न र हिमालय एयरलाइन्ससँग ग्राउण्ड ह्याण्डलिङका लागि आवश्यक आर्थिक तथा प्राविधिक क्षमता छ या छैन भन्ने विषयमा अध्ययन गर्न निर्देशन दिएका छन् ।

विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङको काम राष्ट्रिय ध्वजाबहाक नेपाल एयरलाइन्सले गर्दैआएको छ । सबैभन्दा धेरै आम्दानी हुने क्षेत्रमा निजी क्षेत्रलाई प्रवेश गराउने निर्णय भएपछि नेपाल एयरलाइन्सले विरोध गरेको थियो ।

मन्त्री भट्टराईले ठूला खाले निर्णय गर्नुअघि मन्त्रीसँग छलफल गरेर मात्रै निर्णय गर्न समेत महानिर्देशक पोखरेललाई सचेत गराएका छन् ।

यस्तै, यसअघि नै ग्राउण्ड ह्याण्डलिङको सेवा पाएका विदेशी विमान कम्पनी एयर इन्डिया र थाई एयरवेजको अनुमति समेत रद्द गर्न निर्देशका दिएका छन् ।

यति समुहको लगानी रहेको हिमालय एयरलाइन्सले अन्तराष्ट्रिय विमानस्थलको सेल्फ ग्राउण्ड ह्याण्डलिङका लागि धेरै पहिलादेखि नै लविङ गर्दैआएको थियो ।

२०७६ चैत ७ गते हिमालय एयरलाइन्सले ग्राउण्ड ह्याण्डलिङको सुविधा प्राप्तिका लागि आवेदन दिएको थियो। गत भदौ २८ गते प्राधिकरणलाई नेपाल नागरिक उड्डयन प्राधिकरणको ग्राउण्ड ह्याण्डलिङ निर्देशिका २०७२ को परिच्छेद २ को दफा ४ अनुसार सुविधा दिएको जनाएको थियो ।

 

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  १ : ३० बजे

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

नेपालगन्ज । बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ निर्माण

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : पदस्थापन देखि प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बढुवा भएका कर्मचारीहरुको

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् ।

दलका नेताहरुलाई बोलाएर धन्यवाद् दिने कार्यलाई प्रधानमन्त्रीको निरन्तरता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका नेताहरुलाई प्रधानमन्त्री निवास

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी