१० श्रावण २०८३, आइतबार | July 27, 2026

बागलुङ वेनी सडक ३ महिना देखी अवरुद्ध ,स्थानीयले घेरे सडक डिभिजन कार्यालय



बागलुङ । बागलुङ वेनी सडक अवरुद्ध भएको ३ महिनासम्म पनि खुलाउन पहल नगरेको भन्दै स्थानीयले सडक डिभिजन कार्यालय बागलुङ घेराउ गरेका छन् । वर्षाको कारण गत असारवाट अवरुद्ध भएको सडक सुचारु गराउन सडक डिभिजनले बेवास्ता गरेको भन्दै स्थानीयले कार्यालय घेराउ गरेका हुन् ।

पटक पटक सडक खुलाउन माग गरेपनी सडक डिभिजनले बेवास्ता गरेपछि बाध्य भएर आफुहरु कार्यालय घेराउ गर्न आउनु परेको स्थानीय मातृका आचार्यले वताए ।

सो सडक अवरुद्ध हुदा बागलुङ नगरपालिका ५ मालिका ,म्याग्दीको वेनी नगरपालिका वडानम्वर १ रत्नेचौर र वडानम्वर २ ज्यामरुकोटका स्थानीय समस्यामा परेका छन् । गत असार ८ गतेवाट वन्दभएको सडक खुलाउन पटकपटक आग्रह गर्दा समेत आफुहरुको आग्रहलाई वेवास्ता गरेको स्थानीयको गुनासो छ ।

वर्षाको कारण बागलुङ वेनी सडक खण्ड अन्र्र्तगत बागलुङ नगरपालिका ५ वान्द्रे ,बागलुङ र म्याग्दी जिल्लाको सिमानामा पर्ने ढोडेनी खोला पुल नजिकै र वेनीनगरपालिका १ रानीवनमा गएको पहिरोले सडक वन्द भएपछी ३ महिना देखी यातायात पूर्ण रुपमा ठप्पभएको छ । सडक रुचारु गर्न ठूलो बजेट लाग्ने भएकोले कार्यलयमा पर्याप्त वजेट नहुदा सडक रुचारु गर्न समस्या भएको सडक डिभिजन कार्यलयले जनाएको छ । कार्यालयका इन्जिनियर मुकुन्द प्रसाद लामिछाने बजेट माग गरिएको र निकासा भईनसकेका कारण काम अगाडी नबढेको बताए ।

सकडिभिजन कार्यलय बागलुङ घेराउ गर्न पुगेका स्थानीयले बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलाई समेत ध्यानाकर्षण पत्र वुझाएका थिए । पत्रवुझ्दै न्यौपानेले सडक सुचार गर्न तत्काल पहल थाल्ने आश्वासन दिएको घेराउमा सहभागिहरुले बताए ।

सडक अवरुद्धहुदा स्थानीयले उत्पादन गरेको कृर्षि जन्य उत्पादन वजार सम्म ल्याउन समस्या भएको छ । करोडौ लगानीमा खुलोको भैसी फार्म ,कुखुरा फार्ममा उत्पादन भएको दूध ,मासु अण्डा वजार पु¥याउन र दाना ल्याउन समस्या भएको उनीहरुको गुनासो छ । म्याग्दी र मुस्ताङभित्रने सावरी साधान पर्वतको मालढुङगा हुदै वेनी मालढुङका सडकवाट जाने गरेको भए पनि बागलुङवाट म्याग्दी र मुस्ताङ जाने सावरी पनि मालढुङगावाट घुमेर जान वाध्य भएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ८ : ५६ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले