३० असार २०८३, मंगलबार | July 14, 2026

अर्घाखाँचीमा जमिन भासिएर पहिरो जाँदा ३०० घर जोखिममा



अर्घाखाँची । शीतगङ्गा नगरपालिका वडा नम्बर ११ र १२ मा जमिन भासिएर पहिरो जाँदा सो क्षेत्र जोखिममा परेको छ ।

वडा नम्वर १२ को कोठिया मैदान र ११ ढुङ्गेसेरा क्षेत्रमा स्थलगत अवलोकन गरेको जिल्ला विपद् व्यवस्थापन समितिले झण्डै तीन सय घर पहिराको जोखिममा रहेको निर्णय गरेको छ ।

सदरमुकाम सन्धिखर्कमा बसेको समितिको बैठकले पहिरोबाट भएको क्षतिको विवरण संकलन गर्न र आवश्यकताको पहिचान गर्न सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाको संयोजकत्वमा एक समिति बनाएको छ ।

घर भत्किएका र पहिराको जोखिम रहेको गाउँलाई स्थानान्तरण गर्न ठाउँको खोजी गर्न नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ । उक्त स्थानमा जमीन धुजाधुजा भएर फाटेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पौडेलले बताए ।

पहिरो खस्ने क्रम अहिलेसम्म रोकिएको छैन । सबै गाउँको जमीन भासिएकाले सबैलाई सुरक्षित स्थानमा लगेर राख्नुपर्ने समितिको बैठकले निष्कर्ष निकालेको छ । कोठिया मैदानमा २६ घर पूर्ण रुपमा भत्किएका छन् । छयालीस घर पहिराको उच्च जोखिममा र झण्डै एक सय घर जोखिममा छन् ।

ढुङ्गेसेरा क्षेत्रमा जमीन भासिँदा पाँच घर पूर्ण रुपमा भत्किएका छन् । एघार घर पहिराको उच्च जोखिममा रहेको र झण्डै दुई सय घरको सो क्षेत्र नै पहिराको जोखिममा रहेको वडा नम्वर ११ का वडाध्यक्ष कपिल आलेले बताए । रासस

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ६ : ४२ बजे

कांग्रेस प्रमुख सचेतक राईले प्रधानमन्त्री शाहलाई भने, ‘श्री ८ को सरकार’

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन्द्र

हङकङलाई १८१ रनले हराउँदै नेपाल समूह विजेता, यू-१९ महिला प्रिमियर कपको क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । एसीसी यू-१९ महिला प्रिमियर कपमा नेपालले लगातार तेस्रो

पाकिस्तानमा भारी वर्षाका कारण नौ जनाको मृत्यु, १४ घाइते

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा सोमबार

सिटबेल्ट नलाउने प्रधानमन्त्री र गृहमन्त्रीलाई कारबाही किन हुँदैन : शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

चालु आर्थिक वर्षको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा रु २१