१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

रौतहटमा बाघको आक्रमणबाट दुईजना घाईते



रौतहट । रौतहटमा बाघको आक्रमणबाट दुई जना घाईते भएकाछन् ।

रौतहटको चन्द्रपुर नगरपालिका वार्ड नं ६ का दुई जनालाई रंगपुर साझेदारी वन क्षेत्रमा बाघले आक्रमण गरेको हो ।

चन्द्रपुर ६ का २७ वर्षीय संगम भण्डारी दिउँसो घाँस लिन जंगल गएको र अबेरसम्म फर्केर नआएपछि भण्डारीलाई खोज्न मंगलबार साँझ ७ बजेतिर जंगल गएका गाउँलेहरुलाई बाघले आक्रमण गरेको थियो ।

बाघको आक्रमणमा परेर चन्द्रपुर ६ का ३० बर्षका अशोक थापा र ३४ बर्षका प्रबिण श्रेष्ठ घाईते भएका छन् । उनीहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेमबहादुर शाहीले जानकारी दिएकाछन् ।

घाँस लिन गएका भण्डारीको खोजीका लागि बुधबार बिहानैबाट नेपाल प्रहरीले र सशस्त्र प्रहरी परिचालन भएको डिएसपी शाहीले जानकारी दिएकाछन् ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  १० : ०२ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू