११ श्रावण २०८३, सोमबार | July 27, 2026

बाँकेमा सिकिस्त कोरोना संक्रमितको संख्या बढ्दै, कम उमेरका संक्रमितको पनि मृत्यु



नेपालगन्ज । बाँकेमा कोरोना संक्रमितहरु थपिने क्रमसँगै कम उमेरका संक्रमितहरुको मृत्यु हुने जोखिम पनि बढेको छ ।

पछिल्लो १ महिनामा बाँकेमा मृत्यु हुनेहरुको उमेर समूह ६० वर्ष मुनिका पनि देखिएका छन् ।
पहिलो पटक कोरोना संक्रमणकै कारण एक जना वरिष्ठ चिकित्सकको समेत मृत्यु भएपछि बाँकेमा जोखिम बढेर गएको आंंकलन गरिएको छ ।

स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार बाँकेमा हाल कोरोना संक्रमण भएर उपचार गराइरहेका बिरामीमध्ये २० जना गम्भिर अवस्थामा रहेका छन ।

जिल्लमा गम्भिर अवस्थामा रहेका संक्रमितहरुमा भेरी अस्पतालमा १६ जना र नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा ४ जना छन् ।

बाँकेमा आइसोलेसन अस्पतालमा भर्ना भएका लक्षण सहितका कोरोना संक्रमितहरुको संख्या १०६ जना रहेको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना फोकलपर्शन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्य अवस्था समान्य रहेका ४२ जनाले शिक्षण अस्पताल कोहलपुरमा उपचार गराइरहेका छन् भने लक्षण नदेखिएका ३९ जना संक्रमितहरु होम आइसोलेसनमा रहेका छन ।

आइसोलेसनमा रहेका मध्य भेरी अस्पतालमा ४२ जना र शिक्षण अस्पताल कोहलपुरमा २ गरी ४४ जना मध्यम खालका विरामि रहेको फोकलपर्शन श्रेष्ठले बताए ।

जिल्लामा संक्रमित थपिने क्रम लगातार बढेपछि भेरी अस्पतालमा सञ्चालनमा रहेको कोरोना बिशेष वार्डको स्तरोन्नती गर्दै ७५ बेड थप्ने निर्णय गरिएको छ ।

गत बुधबार बसेको जिल्ला बिपद ब्यवस्थापन केन्द्रले भेरी अस्पतालमा कोरोनाका संक्रमितको उपचारका लागि ७५ बेड थप्ने निर्णय गरेको हो ।

तत्काल ७५ बेड थप गर्नका लागि बाँकेका स्थानीय तहबाट १ करोड प्रदान गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताएका छन् ।

प्रजिअ कुरुम्वाङले १ महिना पहिलेदेखि नै संक्रमित थपिने क्रम बढ्दै गएको भन्दै २०० बेडको कोरोना अस्पताल बनाउन आवश्यक रहेको कुरा आफ्नो फेसबुकमा पोष्ट गर्दै आएका थिए । उनको पहलमा बाँकेमा राष्ट्रसेवक कर्मचारी, संघसंस्था तथा सरकारी र गैर सरकारी संस्थाबाट आर्थिक सहयोग उठाउने अभियान सुरु भएको थियो ।

राष्ट्रसेवक कर्मचारीहरुबाट १५ लाख अस्पताल निर्माणका लागि सहयोग उठेको र अन्य दाताहरुबाट समेत गरि ५० लाख बढी रकम संकलन भएको प्रजिअ कुरुम्वाङले बताए ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  १० : १८ बजे

अमेरिका-इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हङकङ । संयुक्त राज्य अमेरिका-इरान सैन्य तनावमा विरामसँगै युद्धविराम र

नागरिक एपबाट ग्लोबल आइएमई बैंकमा खाता खोल्ने सकिने

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक

बागमती प्रदेश सरकार गठनका लागि दलहरूको छलफल

हेटौंडा । बागमती प्रदेशमा सरकार गठनका लागि दलहरु छलफलमा जुटेका

प्रधानन्यायाधीश शर्मा स्वदेश फिर्ता

काठमाडौं । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधानन्यायाधीश डा. मनोजकुमार

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन

काठमाडौं । नेपालको पहिलो सडक सुरुङमार्ग नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आइतबार औपचारिक