३ पुस २०८२, बिहिबार | December 18, 2025

बाँकेमा सिकिस्त कोरोना संक्रमितको संख्या बढ्दै, कम उमेरका संक्रमितको पनि मृत्यु



नेपालगन्ज । बाँकेमा कोरोना संक्रमितहरु थपिने क्रमसँगै कम उमेरका संक्रमितहरुको मृत्यु हुने जोखिम पनि बढेको छ ।

पछिल्लो १ महिनामा बाँकेमा मृत्यु हुनेहरुको उमेर समूह ६० वर्ष मुनिका पनि देखिएका छन् ।
पहिलो पटक कोरोना संक्रमणकै कारण एक जना वरिष्ठ चिकित्सकको समेत मृत्यु भएपछि बाँकेमा जोखिम बढेर गएको आंंकलन गरिएको छ ।

स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार बाँकेमा हाल कोरोना संक्रमण भएर उपचार गराइरहेका बिरामीमध्ये २० जना गम्भिर अवस्थामा रहेका छन ।

जिल्लमा गम्भिर अवस्थामा रहेका संक्रमितहरुमा भेरी अस्पतालमा १६ जना र नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा ४ जना छन् ।

बाँकेमा आइसोलेसन अस्पतालमा भर्ना भएका लक्षण सहितका कोरोना संक्रमितहरुको संख्या १०६ जना रहेको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना फोकलपर्शन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्य अवस्था समान्य रहेका ४२ जनाले शिक्षण अस्पताल कोहलपुरमा उपचार गराइरहेका छन् भने लक्षण नदेखिएका ३९ जना संक्रमितहरु होम आइसोलेसनमा रहेका छन ।

आइसोलेसनमा रहेका मध्य भेरी अस्पतालमा ४२ जना र शिक्षण अस्पताल कोहलपुरमा २ गरी ४४ जना मध्यम खालका विरामि रहेको फोकलपर्शन श्रेष्ठले बताए ।

जिल्लामा संक्रमित थपिने क्रम लगातार बढेपछि भेरी अस्पतालमा सञ्चालनमा रहेको कोरोना बिशेष वार्डको स्तरोन्नती गर्दै ७५ बेड थप्ने निर्णय गरिएको छ ।

गत बुधबार बसेको जिल्ला बिपद ब्यवस्थापन केन्द्रले भेरी अस्पतालमा कोरोनाका संक्रमितको उपचारका लागि ७५ बेड थप्ने निर्णय गरेको हो ।

तत्काल ७५ बेड थप गर्नका लागि बाँकेका स्थानीय तहबाट १ करोड प्रदान गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताएका छन् ।

प्रजिअ कुरुम्वाङले १ महिना पहिलेदेखि नै संक्रमित थपिने क्रम बढ्दै गएको भन्दै २०० बेडको कोरोना अस्पताल बनाउन आवश्यक रहेको कुरा आफ्नो फेसबुकमा पोष्ट गर्दै आएका थिए । उनको पहलमा बाँकेमा राष्ट्रसेवक कर्मचारी, संघसंस्था तथा सरकारी र गैर सरकारी संस्थाबाट आर्थिक सहयोग उठाउने अभियान सुरु भएको थियो ।

राष्ट्रसेवक कर्मचारीहरुबाट १५ लाख अस्पताल निर्माणका लागि सहयोग उठेको र अन्य दाताहरुबाट समेत गरि ५० लाख बढी रकम संकलन भएको प्रजिअ कुरुम्वाङले बताए ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  १० : १८ बजे

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको

बुटवलमा आजदेखि १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु हुने, अर्थमन्त्री खनालले उद्घाटन गर्ने

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार,

यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने ३६ प्रतिनिधि

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ

एमाले ११ औँ महाधिवेशन : बिहान ८ बजेदेखि मतगणना सुरु, साढे १० बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ