१२ श्रावण २०८१, शनिबार | July 27, 2024

प्रदेश राजधानीको सरकारी प्रस्ताव विरूद्ध काँग्रेसद्वारा रूपन्देही बन्द आह्वान



बुटवल । नेपाली कांग्रेस रूपन्देहीले प्रदेश राजधानीको सरकारी प्रस्ताव विरूद्ध भोलि रूपन्देही बन्दको आह्वान गरेको छ ।

प्रदेश ५ को स्थायी राजधानी दाङ र अर्घाखाँचीको सीमाना भालुवाङ राख्ने प्रस्ताव विरूद्ध रुपन्देही कांग्रेसले आन्दोलन घोषणा गरेको हो।

शनिबार बसेको काँग्रेस बैठकले आन्दोलनको विकल्प नभएको निस्कर्ष निकालेको छ ।

बन्दको अघिल्लो दिन बुटवल उपमहानगरका सबै वडामा मशाल जुलुस निकाल्ने पनि काँग्रेसले योजना बनाएको छ । काँग्रेसले १९ गते सोमबार ‘बुटवल जाऔं राजधानी जोगाऔं’ नाराका साथ प्रदेश सभा घेराउ र धर्ना गर्ने निर्णय गरेको छ ।

१९ गते राजधानी प्रस्तावसम्बन्धमा प्रदेशसभमा छलफल हुँदैछ ।  प्रदेशसभा अगाडि धर्ना दिएर सांसदहरुलाई प्रदेश सभा वैठकमा जानै नदिने रणनीति काँग्रेसले बनाएको छ ।

काँग्रेसले नेकपाका साँसदहरूको घर अगाडि कालो झण्डा प्रदर्शन समेत गर्ने भएको छ ।

कांग्रेस बैठकले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्दै सबै उद्योगी व्यवसायी लगायत सबै पक्षसँग छलफल समेत अघि बढाएको छ ।

प्रदेश सरकारले शुक्रबार दाङमा स्थायी  राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा दर्ता गरेको थियो । प्रस्तावको पक्षमा दाङ काँग्रेसले भने समर्थन गरेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ३ : १२ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्