५ पुस २०८२, शनिबार | December 20, 2025

प्रदेश राजधानी दाङ सार्ने निर्णय विरूद्ध आन्दोलनको मोडेल परिवर्तन, संसद भवन घेराउमा केन्द्रित



बुटवल । बुटवलमा रहेको अस्थायी प्रदेशको राजधानीलाई दाङ सार्ने प्रदेश ५ सरकारको प्रस्तावका बिरुद्ध आन्दोलनको घोषणा गरेका पेशागत सञ्जालले लुम्बिनी बन्दको कार्यक्रमलाई परिमार्जन गर्दै संसदभवन घेराउमा केन्द्रित गर्ने निर्णय गरेको छ ।

सञ्जालले साबिक लुम्बिनी अञ्चलका सबै जिल्लाहरु बन्दको आह्वान गर्दै संसदभवन घेराउको कार्यक्रम तय गरेको थियो । सवारी साधनहरु पनि बन्द गर्दा आन्दोलनमा आउन चाहनेहरुले पनि एक्यबद्धता जनाउन नपाएको गुनासो आएपछि आन्दोलनको कार्यक्रम परिर्वत गरिएको सञ्जालका संयोजक बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बताए ।

सञ्जालका अर्का सदस्य पश्चिम नेपाल यातायात प्रालिका अध्यक्ष दधिराम खरेलले रुपन्देही बाहेकका जिल्लाबाट पनि प्रदेशको राजधानीका लागि आउन चाहने नागरिकलाई सहज बनाउन प्रकृति परिवर्तन गरिएको बताए ।

उद्योग कल कारखाना भने बन्द गरेर सडकमा उपस्थित हुन सञ्जालले आम नागरिकलाई आग्रह गरेको छ ।

प्रदेश सरकारले संसदमा पेश गरेको प्रदेश राजधानी दाङको भालुवाङ क्षेत्रमा लैजाने प्रस्ताव उपर आज प्रदेश संसदमा छलफलको कार्यक्रम रहेको छ । संसदमा आजै मतदान गर्ने चर्चा चलेपनि छलफल सुरुभएको १८ घण्टा पुरा नहुँदा सम्म मतदानमा लैजान नमिल्ने संसदिय परम्परा रहेका कारण आज मतदान हुने सम्भावना न्युन रहेको प्रदेशसभा श्रोतले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ७ : २२ बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने