२२ भदौ २०८३, सोमबार | September 7, 2026

नाराबाजी र तोडफोडका बीच प्रदेश ५ प्रदेशसभा बैठक



बुटवल । प्रदेश नम्बर ५ को प्रदेशसभाको बैठक विपक्षी काँग्रेसको तोडफोड र नाराबाजीका बीच संचालन भएको छ ।

आज बसेको पहिलो बैठकमा काँग्रेसले रोष्टम घेरेपछि २ बजे सम्मलाई स्थगित गरिएको थियो ।

सहमतिका लागि केही समय प्रयासभए पनि काँग्रेसको अडान कायमै रहेपछि सभामुख पूर्ण घर्तीले सभाको दोस्रो बैठक अघि बढाएका थिए ।

तर, आजको दोस्रो बैठक पनि काँग्रेसले रोष्टम घेराउ गर्ने प्रयत्न गरेपछि सभामुख पुर्ण घर्तीले मर्यादापालकको बलमा बैठक अगाडि बढाए । त्यसपछि आक्रोशित काँग्रेसका सांसदहरुले संसद बैठकका कुर्ची भाँच्दै नारावाजी गरेका थिए ।

नारावाजी र तोडफोडकै बीचमा अघि बढेको बैठकमा सभामुखले नेकपाका सांसद भोजप्रसाद श्रेष्ठलाई बोल्ने समय दिए । तर, श्रेष्ठले प्रदेशसभा संसदीय संस्कारमा अगाडि नबढेको टिप्पणी गरे । उनले राजधानी र नामाकरणका विषयमा गठित विज्ञ समूह र अध्ययन टोलीको प्रतिबेदन सार्वजानिक गर्न माग गरे । सांसद श्रेष्ठ बोल्दै गर्दा उनको दुई पटक माइक बन्द गरिएको थियो । श्रेष्ठले नेकपा संसदीय दलको ह्वीप विपरित सम्बोधन गरेका थिए ।

बैठकमा बोल्दै नेकपाका अर्का सांसद विष्णु पन्थीले प्रदेश ५ मा सबैको पायक पर्ने र सबै दृष्टिकोणबाट उपयुक्त स्थान कपिलवस्तु भएको जिकिर गर्दै कपिलवस्तुलाई प्रदेशको स्थायी राजधानी कपिलवस्तु तोक्न प्रदेशस सरकारलाई आग्रह गरे ।

राष्ट्रिय जनमोर्चाका सांसद तारा जीसीले संघीयताको असली स्वरुप उदाङ्गो भएको टिप्पणी गरिन् । उनले संघीयता नेपालीको माग नभएको दोहो¥याउंदै संघीयतालाई खारेज गर्नु पर्ने जिकिर गरिन ।

बैठकमा सांसदहरुले सम्बोन गरिरहँदा पनि नेपाली काँग्रेसका सभासदहरुले नाराबाजीका साथै कुर्ची भाँच्ने र माईक तोडफोड गर्ने कार्य जारी राखेका थिए ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ४ : ०५ बजे

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११

भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा