१७ बैशाख २०८२, बुधबार | April 30, 2025

नाराबाजी र तोडफोडका बीच प्रदेश ५ प्रदेशसभा बैठक



बुटवल । प्रदेश नम्बर ५ को प्रदेशसभाको बैठक विपक्षी काँग्रेसको तोडफोड र नाराबाजीका बीच संचालन भएको छ ।

आज बसेको पहिलो बैठकमा काँग्रेसले रोष्टम घेरेपछि २ बजे सम्मलाई स्थगित गरिएको थियो ।

सहमतिका लागि केही समय प्रयासभए पनि काँग्रेसको अडान कायमै रहेपछि सभामुख पूर्ण घर्तीले सभाको दोस्रो बैठक अघि बढाएका थिए ।

तर, आजको दोस्रो बैठक पनि काँग्रेसले रोष्टम घेराउ गर्ने प्रयत्न गरेपछि सभामुख पुर्ण घर्तीले मर्यादापालकको बलमा बैठक अगाडि बढाए । त्यसपछि आक्रोशित काँग्रेसका सांसदहरुले संसद बैठकका कुर्ची भाँच्दै नारावाजी गरेका थिए ।

नारावाजी र तोडफोडकै बीचमा अघि बढेको बैठकमा सभामुखले नेकपाका सांसद भोजप्रसाद श्रेष्ठलाई बोल्ने समय दिए । तर, श्रेष्ठले प्रदेशसभा संसदीय संस्कारमा अगाडि नबढेको टिप्पणी गरे । उनले राजधानी र नामाकरणका विषयमा गठित विज्ञ समूह र अध्ययन टोलीको प्रतिबेदन सार्वजानिक गर्न माग गरे । सांसद श्रेष्ठ बोल्दै गर्दा उनको दुई पटक माइक बन्द गरिएको थियो । श्रेष्ठले नेकपा संसदीय दलको ह्वीप विपरित सम्बोधन गरेका थिए ।

बैठकमा बोल्दै नेकपाका अर्का सांसद विष्णु पन्थीले प्रदेश ५ मा सबैको पायक पर्ने र सबै दृष्टिकोणबाट उपयुक्त स्थान कपिलवस्तु भएको जिकिर गर्दै कपिलवस्तुलाई प्रदेशको स्थायी राजधानी कपिलवस्तु तोक्न प्रदेशस सरकारलाई आग्रह गरे ।

राष्ट्रिय जनमोर्चाका सांसद तारा जीसीले संघीयताको असली स्वरुप उदाङ्गो भएको टिप्पणी गरिन् । उनले संघीयता नेपालीको माग नभएको दोहो¥याउंदै संघीयतालाई खारेज गर्नु पर्ने जिकिर गरिन ।

बैठकमा सांसदहरुले सम्बोन गरिरहँदा पनि नेपाली काँग्रेसका सभासदहरुले नाराबाजीका साथै कुर्ची भाँच्ने र माईक तोडफोड गर्ने कार्य जारी राखेका थिए ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ४ : ०५ बजे

रेशम चौधरी रिहा गर्न सर्वोच्चले प्रहरीलाई पठायो नयाँ पत्र, अनधिकृत पत्र लेख्ने कर्मचारी पक्राउ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरी

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिँदै

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारबाट नागरिक उन्मुक्ति बाहिरिने

गृहमन्त्री लेखक र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता

काठमाडौं । गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टीका विदेश

शिक्षा मन्त्रालयमा शिक्षक र सरकारबीच वार्ता

काठमाडौं। सरकार र आन्दोलनरत शिक्षक महासंघबीच वार्ता भैरहेको छ ।

रेशम चौधरी डिल्लीबजार कारागार चलान

काठमाडौं । पार्टी एकता घोषणा सभामा पक्राउ परेका नागरिक उन्मुक्ति