२ मंसिर २०८२, मंगलबार | November 18, 2025

नागरिकलाई धोका दिएको भन्दै रुपन्देहीका २ हजार बढी नेकपाका पार्टी सदस्यहरुबाट पार्टी परित्याग



बुटवल । प्रदेश सरकारले बुटवलमा रहेको प्रदेशको अस्थायी राजधानी दाङको भालुबाङ सार्नका लागि संसदमा पेश गरेको प्रस्तावबाट असन्तुष्ट नेकपाका कार्यकर्ताहरुले पार्टी परित्याग गरेका छन् ।

रुपन्देहीमा क्रियाशिल नेकपा सम्बद्ध भातृ संगठन तथा व्यवसायिक संस्थामा रहेका कार्यकर्ताहरुले पत्रकार सम्मेलन गरेर पार्टी परित्यागको घोषणा गरेका हुन् ।

उनीहरुले जनभावना अनुरुप पार्टी नचलेको, औचित्य विना प्रदेशको राजधानी सार्न खोजिएको, निर्वाचनको प्रतिवद्धता पुरा गर्न नसकेको भन्दै पार्टी परित्याग गरेको बताएका छन् ।

रुपन्देहीका विभिन्न ३५ वटा संघसंस्थाका २ हजार २ सय ४९ जना नेकपाका कार्यकर्ताले सामुहिक राजीनामा पत्रमा हस्ताक्षर गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

राजीनामा सार्वजानिक गर्न आयोजित पत्रकार सम्मेलनमा रुपन्देही व्यापार संघका पुर्व अध्यक्ष मोतिलाल पाण्डे, होटल तथा रेष्टुरेण्ट ब्यवसायी संघका अध्यक्ष समुन्द्र जीसी, पर्यटन ब्यवसायी माधव नेपाल, उद्योग परिसंघका अध्यक्ष एजाज आलम, रुपन्देही ब्यापार संघका अध्यक्ष याम लोहनी, पश्चिम नेपाल यातायात ब्यवसायी प्रा.लिका संचालक नारायण घिमिरे, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  १२ : १६ बजे

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट आजदेखि भुटान सिधा उडान सुरु

बञ्जरेडाँडा ल्याण्डफिल्ड साइटमा जनाइएका प्रतिबद्धता कार्यान्वयमा

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बिजर्सन गर्न बञ्जरेडाँडा ल्याण्डफिल्ड साइट

पिकोनको उत्प्रेरणा कार्यक्रम

बुटवल । भारतमा विद्युत सामग्रीमा नाम कमाएको पिकोन कम्पनीले रुपन्देहीमा

लुम्बिनी प्रदेशमा पहिलोपटक टाइटनको ‘एक्सक्लुसिभ स्टोर’ बुटवलमा सञ्चालनमा

बुटवल । बुटवलमा विश्वको पाँचौं ठूलो र प्रसिद्ध घडी निर्माता

कीर्तिमानी खेलमा विराटनगरको उत्कृष्ट जित

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो