४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोरोनाको ऐतिहासिक उछाल; एकैदिन थपिए ३ हजार ४३९ संक्रमित, सक्रिय संक्रमित २५ हजार नाघे



काठमाडौं । बुधबार कोरोना भाइरसका थप ३ हजार ४३९ जना नयाँ संक्रमित थपिएका छन् ।

१४ हजार २०९ पीसीआर परीक्षण गरिएकोमा ३ हजार ४३९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ ।

बुधबार देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ । संस्थागत आइसोलेसनमा १० हजार ५९६ जना रहेका छन् भने होम आइसोलेसनमा जना रहेका छन् ।

सरकारले देशभर सक्रिय संक्रमितको संख्या बढ्दै जाँदा व्यवस्थापनमा समस्या उत्पन्न हुन थालेको जनाएको छ । विशेषगरी काठमाडौं उपत्यकाका अस्पतालहरुमा आइसोलेसन बेडको अभाव भएको भन्दै कोरोनाबाट आफु बच्न र अरुलाई पनि बचाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

यसअघि मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमले २५ हजार सक्रिय संक्रमित नाघे अस्पतालहरुले धान्न मुस्किल पर्ने भन्दै लकडाउन लगाउनुपर्ने सुझाव सरकारलाई दिएको थियो ।

पछिल्लो २४ घण्टामा ११ सय २६ जना मात्र संक्रमित कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ४ : २५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको