१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

लुम्बिनी प्रदेशका २ शहरमा एकै दिन ४ जना कोरोना संक्रमितको मृत्यु, रुपन्देहीमा थपिए ६८ संक्रमित



बुटवल । लुम्बिनी प्रदेशका प्रमुख २ जिल्लामा कोरोना संक्रमित थपिने र मृत्यु हुनेको संस्था प्रतिस्पर्धात्मकरुपमा अगाडी बढेको छ । बाँके र रुपन्देहीमा संक्रमित थपिने सँगै मृत्यु हुने सृङ्खला पनि बराबरीमा अगाडी बढेको तथ्याँकमा देखिएको छ ।

बुधबार कोरोना संक्रमित ३५ वर्षिय महिलाको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको छ भने रुपन्देहीमा एकै दिन ३ जना संक्रमितको मृत्यु भएको छ । बिहान कोरोना बिषेश अस्पतालमा २ जनाको मृत्यु भएकोमा अपरान्ह ५ः३० बजे फेरि बुटवल उपमहानगर ६ का ४७ वर्षि पुरुषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । उता बाँकेमा दाङ घोराहीबाट उपचारार्थ नेपालगन्ज पुगेकी महिलाको दिउँसो ३ बजे मृत्यु भएको छ ।

दाङको घोराही उपमहानगरपालिका १५ निवासी मृतक महिलालाई असोज १८ गते कोरोना संक्रमण देखिएको थियो । नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराईरहेको अवस्थामा कोरोना संक्रमण देखिएपछि ति महिलालाई भेरी अस्पताल नेपालगन्जमा रिफर गरीएको थियो । भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला संकट ब्यवस्थापन केन्द्रका कोरोना फोकल पर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

बुटवल स्थित कोरोना बिशेष अस्पतालमा बुधबार मध्यान्ह भर्ना भएका स्थानीय पुरुषको आजै साँझ मृत्यु भएको लुम्बिनी अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए । उनी गत असोज १५ गते कोरोना पुष्टि भएपछि होम आइसोलसनमा बसेका थिए ।

रुपन्देहीमा आज पनि ६८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । बुधबार थपिएका संक्रमितमा पनि बुटवल उपमहानगरको अग्रता कायम छ । बुटवलमा २३ जना संक्रमित थपिएका छन् । बुधबार सुद्धोदन गाँउपालिकामा १६ जना, तिलोत्तमा नगरपालिकामा १० जना, सिद्धार्थनगर नगरपालिकामा ८ जना, सैनाामैना नगरपालिकामा ७ जना,
सियारी गाँउपालिकामा २ जना तथा लुमिबनी साँस्कृतिक नगरपालिका, ओमसतिया गांउपालिका र मायादेबी गाँउपालिकामा १।१ जना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ६ : ४३ बजे

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर

कोशीमा संकल्प प्रस्ताव पारित भएको पत्र प्रदेश प्रमुखलाई पठाइयो

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग प्रदेशसभामा बहुमत नरहेको

समृद्धी सलोन एण्ड एकेडेमीद्धारा सम्मान तथा दिक्षित

बुटवल । बुटवलको अमरपथस्थित सिंह कम्पेलेक्समा रहेको समृद्धी सलोन एण्ड