११ श्रावण २०८३, सोमबार | July 27, 2026

लुम्बिनी प्रदेशका २ शहरमा एकै दिन ४ जना कोरोना संक्रमितको मृत्यु, रुपन्देहीमा थपिए ६८ संक्रमित



बुटवल । लुम्बिनी प्रदेशका प्रमुख २ जिल्लामा कोरोना संक्रमित थपिने र मृत्यु हुनेको संस्था प्रतिस्पर्धात्मकरुपमा अगाडी बढेको छ । बाँके र रुपन्देहीमा संक्रमित थपिने सँगै मृत्यु हुने सृङ्खला पनि बराबरीमा अगाडी बढेको तथ्याँकमा देखिएको छ ।

बुधबार कोरोना संक्रमित ३५ वर्षिय महिलाको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको छ भने रुपन्देहीमा एकै दिन ३ जना संक्रमितको मृत्यु भएको छ । बिहान कोरोना बिषेश अस्पतालमा २ जनाको मृत्यु भएकोमा अपरान्ह ५ः३० बजे फेरि बुटवल उपमहानगर ६ का ४७ वर्षि पुरुषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । उता बाँकेमा दाङ घोराहीबाट उपचारार्थ नेपालगन्ज पुगेकी महिलाको दिउँसो ३ बजे मृत्यु भएको छ ।

दाङको घोराही उपमहानगरपालिका १५ निवासी मृतक महिलालाई असोज १८ गते कोरोना संक्रमण देखिएको थियो । नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराईरहेको अवस्थामा कोरोना संक्रमण देखिएपछि ति महिलालाई भेरी अस्पताल नेपालगन्जमा रिफर गरीएको थियो । भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला संकट ब्यवस्थापन केन्द्रका कोरोना फोकल पर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

बुटवल स्थित कोरोना बिशेष अस्पतालमा बुधबार मध्यान्ह भर्ना भएका स्थानीय पुरुषको आजै साँझ मृत्यु भएको लुम्बिनी अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए । उनी गत असोज १५ गते कोरोना पुष्टि भएपछि होम आइसोलसनमा बसेका थिए ।

रुपन्देहीमा आज पनि ६८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । बुधबार थपिएका संक्रमितमा पनि बुटवल उपमहानगरको अग्रता कायम छ । बुटवलमा २३ जना संक्रमित थपिएका छन् । बुधबार सुद्धोदन गाँउपालिकामा १६ जना, तिलोत्तमा नगरपालिकामा १० जना, सिद्धार्थनगर नगरपालिकामा ८ जना, सैनाामैना नगरपालिकामा ७ जना,
सियारी गाँउपालिकामा २ जना तथा लुमिबनी साँस्कृतिक नगरपालिका, ओमसतिया गांउपालिका र मायादेबी गाँउपालिकामा १।१ जना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ६ : ४३ बजे

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न