२४ बैशाख २०८१, सोमबार | May 6, 2024

हङकङ र सिनजियाङ मुद्दामा चीनलाई ७० देशको समर्थन



हङकङ र सिनजियाङको विषयमा चीनलाई ७० देशले समर्थन गरेका छन् । संयुक्त राष्ट्र संघको ७५ औं महासभाको जारी बैठकमा हङकङ र सिनजियाङसम्बन्धी मुद्दामा ७० देशको समर्थन प्राप्त भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले अन्य कुनै पनि देशमा अस्थिरता, धर्मनिरपेक्षता या अशान्त पैदा गर्ने कुनै पनि विदेशी शक्तिको विरोध गर्ने जनाएकी छिन् ।

प्रवक्ता हुवाले हङकङ र सिनजियाङ मुद्दामा राजनीतिक जोडतोडका साथ चीनको आन्तरिक मामिलामा दखल पुर्याउनेहरु विरुद्ध चीनले मजबुद ढंगले विरोध गर्ने जनाएकी छिन् ।

पाकिस्तानले ५५ देशको तर्फबाट हङकङ मुद्दाबारे र क्युवाले ७० देशको तर्फबाट सिनजियाङ मुद्दाबारे संयुक्त वक्तव्य जारी गर्दै चीनको कदमलाई समर्थन गरेका छन् ।

सबै देशले हङकङमा हालै लागु गरिएको राष्ट्रिय सुरक्षा कानूनले त्यहाँको स्थिरता र समृद्धि बनाइराख्न सहयोग पुर्याउने एक देश, दो प्रणालीअन्तर्गत हङकङबासीका वैध अधिकार एवं स्वतन्त्रताको पनि सुरक्षित वातावरणमा संरक्षण गरिएको जनाएका छन् ।

यसैगरी सिनजियाङमा आतंकवादी र अतिवादी खतरा विरुद्ध लड्न र आम जनताको मानवअधिकारको रक्षाका लागि चीनले चालेको कदम कानुनसम्मत भएको ती देशहरुले निस्कर्ष निकालेका छन् ।

विदेशमन्त्रालयका प्रवक्ता हुवाले हङकङ र सिनजियाङसँग जोडिएको मुद्दा मानवअधिकारको मुद्दा नभएको स्पष्ट पारेकी छिन् ।

हुवाले भनिन्, ‘चीनको पक्षमा न्यायका लागि गरिएको आह्वानले हङकङ र सिनजियाङसँग जोडिएको मुद्दामा चीनलाई बद्नाम गर्न केही पश्चिमा देशले चालेको चाल फेरि पनि असफल भएको छ ।’

सबै देशले आन्तरिक मामिलामा विदेशी हस्तक्षेलाई जोड दिएका छन् ।

राष्ट्र संघका लागि चीनका स्थायी प्रतिनिधि झाङ जुनले गत सोमबार २६ देशको तर्फबाट संयुक्त राष्ट्र संघको तेस्रो साधारण बहसमा वक्तव्य जारी गर्दै मानवअधिकार उल्लंघनका लागि अमेरिका लगायत पश्चिमा देशको आलोचना गरेका छन् । उनीहरुले एकतर्फी प्रतिबन्ध एवं जातीय भेदभावप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

 

 

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  १० : ५६ बजे

आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई रास्वपाका मन्त्रीहरूको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

बुटवल । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र