२३ जेष्ठ २०८३, शनिबार | June 6, 2026

बाँकेमा कोरोना कहर : ५ मिनेटको अन्तरमा दुई जनाको मृत्यु



नेपालगञ्ज । कोरोना संक्रमणबाट बाँकेमा ५ मिनेटको अन्तरमा थप दुई जनाको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका-१० ट्राफिक चोकका ८४ वर्षीय वृद्धा पुरुषको राति ९:५५ बजे र कोहलपुर नगरपालिका-८, गोल्छा, की ७१ वर्षीय वृद्ध महिला राति १ं० बजे उपचारका क्रममा दुबै जनाको भेरी अस्पताल नेपालगंजमा मृत्यु भएको हो ।

नेपालगञ्जका पुरुषलाइ स्वास्थ्यमा समस्या देखिएपछि गत असोज ६ गते बागेश्वरी डाइग्नोस्टिक सेन्टर नेपालगञ्जबाट उनको स्वाब संकलन गरि ७ गते उनमा कोरोना पुष्टि भएको थियो । उनलाई सोही दिन साँझ साढे ५ बजे भेरी अस्पतालको भेन्टिलेटरमा भर्ना गरी उपचार शुरु गरिएको थियो ।

उपचारकै अवस्थामा उनको स्वास्थ्य अवस्था बिग्रदै गएपछि दिनुपर्ने सबै प्रकारको उपचार दिँदा पनि स्वास्थ्यमा सुधार नभएको र शनिबार राति ९:५५ बजे मृत्यु जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मृतक व्यक्तिमा स्वास प्रश्वासको समस्या रहेको थियो ।

त्यस्तै असोज १४ गते अस्पताल भर्ना भएकी कोहलपुर नगरपालिका-८ , गोल्छाकी वृद्ध महिलाको श्वासप्रश्वासमा समस्या थियो । संक्रमित महिलालाई रोगको प्रकृति अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार दिदै गर्दा समेत विरामीको अवस्थामा सुधार नआएपछी आइसीयूमा उपचारकै क्रममा शनिबार राति १० बजे मृत्यु भएको श्रेष्ठले खबरकुरालाई बताए ।

मृतक वृद्ध महिलाको असोज १४ गते स्वाब संकलन गरिएको थियो भने पीसीआर रिपोर्ट पनि असोज १४ गते नै पोजिटिभ आएको थियो ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ७ : २६ बजे

ओझलमा ऐतिहासिक ढोलथान

म्याग्दी । बाइसे चौबिसे राज्यताका पर्वते राजाको ग्रीष्मकालीन प्रशासनिक केन्द्र

८०० किलोमिटर लक्ष्य, चार सय ९२ किलोमिटर मात्र दुई लेन सडक कालोपत्र

काठमाडौँ । चालु आर्थिक वर्षको हालसम्म देशभर कूल चार सय

हुरीले फेवातालमा फसेका १२ पर्यटकको उद्धार

पोखरा । पोखरा–६ बैदामस्थित फेवातालमा ‘बोटिङ’ गर्ने क्रममा हुरीका कारण

परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा एस

स्थानीय तहको निर्वाचनमा सीमान्तकृत समुदायका महिलाको प्रतिनिधित्व बढाउन बहस सुरु

बुटवल । संविधानले हरेक तहमा ३३ प्रतिशत सहभागिता अनिवार्य गरेपछि