१७ माघ २०८२, शनिबार | February 1, 2026

चोरी पैठारीको सामानमा सशस्त्र प्रहरीको निगरानी, डेढलाख बढीको सामान बरामद



नेपालगन्ज । बाँकेको नेपाल भारत सिमा नाकास्थित दशगजा क्षेत्र नजिकैबाट भारतबाट चोरी पैठारी हुँदै गरेको ठुलो मात्रामा अबैध सामग्री सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल (बिओपीं ) जमुनाहा भन्सारबाट खटिएको प्रहरी टोलीले आईतबार दिउँसो अबैध सामग्री सहित एउटा भारतीय नम्बर प्लेटको मोटरसाईकल समेत बरामद गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिका १६ जयसपुस्थित दशगजा क्षेत्रबाट भारतीय नम्बर प्लेटको मोटरसाईकलमा लोड गरी ल्याउँदै गरेको अवस्थामा करीब १ लाख ५५ हजार ६०० मुल्य बराबरका कस्मेटीक सामान, कपडा, जुत्ता तथा सुर्तीजन्य सामग्री बरामद गरेको सशस्त्र प्रहरीको जमुनाहा (बीओपी)का सशस्त्र प्रहरी निरिक्षक जीवनलाल बुढाले जानकारी दिए ।

सशस्त्र प्रहरीको टोलीलाई देखेपछि सामान र मोटरसाईकल छाडेर तस्कर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएका सामग्री आवयश्क कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय पठाइएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ४ : ०२ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले