१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

कर्णाली सरकार विरुद्ध अविश्वास प्रस्ताव फिर्ताको निर्देशन दिन ओलीलाई प्रचण्डको आग्रह



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेश सरकार विरुद्ध पार्टी संसदीय दलमा दर्ता गराइएको अविश्वास प्रस्ताव फिर्ता गराउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।

कर्णाली प्रदेश सरकार विरुद्ध पूर्व एमाले समुहले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि काठमाडौंमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीलाई भेट गरी प्रस्ताव फिर्ताको निर्देशन आग्रह गरेका छन् ।

सोमबार बिहान भएको भएको भेटमा प्रचण्डले पार्टी एकताको भावना विपरित आएको अविश्वासको प्रस्ताव फिर्ता नहुँदा अन्य प्रदेशलाई समेत प्रभावित पार्न सक्ने भन्दै प्रस्ताव फिर्ताको विकल्प नभएको बताएका हुन् । प्रचण्डले मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध राखिएको अविश्वासको प्रस्तावले पार्टीको एकता र स्थायी कमिटीको भावना विपरित भएको भएको धारणा राखेका छन् ।

कर्णाली प्रदेशमा पूर्व एमाले समुहका नेता यामलाल कँडेको नेतृत्वमा आइतबार प्रदेश संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । प्रदेश सरकार बन्ने बेलादेखि नै आफु मुख्यमन्त्री हुन पाउनुपर्ने माग गर्दै आएका कँडेलले मुख्यमन्त्री शाही विरुद्ध सरकारले राम्रो काम गर्न नसकेको आरोप लगाउँदै प्रस्ताव दर्ता गराएका थिए ।

प्रधानमन्त्री ओलीलाई भेट्नु अघि प्रचण्डले आफ्नै निवास खुमलटारमा वरिष्ठ नेता माधव कुमार नेपालसँग अविश्वास प्रस्तावको विषयमा छलफल गरेका थिए । अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमा माधव नेपाल समुह र पूर्व मओवादीकै पनि ३ जना सांसद रहेका छन् ।

अविश्वासको प्रस्ताव फिर्ता नभए त्यसले अन्य प्रदेशमा मनोवैज्ञानिक प्रभाव पार्ने र अन्ततः पार्टी एकतामै गम्भीर संकट आउने निस्कर्ष पूर्वमाओवादी पक्षको रहेको छ ।

पार्टी एकता पूर्व नै गठन भएका सात प्रदेश सरकारमध्ये ५ वटामा पूर्व एमाले र २ वटा प्रदेशमा पूर्वमाओवादीको नेतृत्व रहेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  १ : ४३ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले