११ श्रावण २०८३, सोमबार | July 28, 2026

रुपन्देहीकी संक्रमित महिलाको चितवनमा मृत्यु, अर्घाखाँचीकी संक्रमित महिलाको पनि बुटवलमा मृत्यु



बुटवल । चितवनमा रुपन्देहीबाट उपचारका लागि पुगेकी एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत रुपन्देही जिल्लाको तिलोत्तमा–१५ की ३५ वर्षीया महिलाको सोमबार दिउँसो ४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

श्वासप्रश्वासमा समस्या भइ ती महिला असोज २१ गते अस्पताल भर्ना भएकी थिइन् । असोज २० गते लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा कोरोना संक्रमण पुष्टि भएकोमा रुपन्देहीका अस्पतालमा आईसीयू खालि नभएका कारण उनलाई थप उपचारका लागि चितवन रेफर गरिएको थियो । उनको कोभिड आइसीयूमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो ।

त्यसैगरि अर्घाखाँचीबाट उपचारका लागि रुपन्देही आएकी ८० वर्षिया महिलाको पनि सोमबार नै बुटवलमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि बुटवल झरेकी ती महिलाको सोमबार नै पीसीआर परीक्षण गराउंदा कोरोना पुष्टि भएको थियो । उनी सोमबार बिहान ११ बजे लुम्बिनी प्रादेशिक अस्पताल भर्ना भएकी थिईन् । उनको १ः१५ मा उपचारकै क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ९ : ५५ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला