४ पुस २०८२, शुक्रबार | December 19, 2025

विराटनगरस्थित काेशी अस्पतालमा थप एक संक्रमितकाे मृत्यु



विराटनगर । कोरोना संक्रमणबाट विराटनगरमा थप एक जनाको मृत्यु भएको छ ।

विराटनगरस्थित कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा ७१ वर्षीय कोरोना संक्रमित वुद्धको उपचारका क्रममा मृत्यु भएको हो ।

मोरङको बुढीगंगा गाँउपालिका ५ का ७१ वर्षीय वृद्धको मंगलबार बिहान २ बजेर १५ मिनेटमा उपचारका क्रममा मृत्यु भएको केन्द्रका संयोजक वरिष्ठ फिजिसियन डा.दिपक सिग्देलले जानकारी दिए ।

सिग्देलका अनुसार वृद्धको असोज २४ गते पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो ।

दमको बिरामी वृद्धलाई यसअघि बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचार हुँदै आएको तर स्वास्थ्यमा समस्या भएपछि आइतबार कोभिड-१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो ।

 

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  १० : १८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको