२ फाल्गुन २०८१, शुक्रबार | February 14, 2025

क्रियापुत्री बसेको घरमा ग्यास सिलिण्डर विस्फोट, ११ घाइते



काठमाडौं । काठमाडौंको सोह्रखुट्टेस्थित नयाँ बजारको फलफूल चोकमा ग्यास सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् ।

उक्त घटनामा ठूलो भौतिक क्षति भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिएका छन् ।

घाइतेमध्ये तीन जनाको मनमोहन अस्पताल ठमेल र तीन जनाको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

विस्फोटपछि आगलागीसमेत भएको जनाइएको छ । दमकलको सहायतामा प्रहरीले आगो निभाएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीका अनुसार बिहीबार बिहान ११ः५० मा घटना भएको हो ।

विस्फोटबाट घरको भौतिक संरचना नै भत्किएको उनले जानकरी दिए । उक्त घटनाका कारण वरिपरीका घरमा समेत क्षति पुगेको जनाइएको छ ।

निलकुमारी क्षेत्रीको घरमा विस्फोट भएको हो । उनका श्रीमान्को हिजो मात्रै निधन भएको थियो । परिवार किरियामा बसेका बेलामा विस्फोट भएको जनाइएको छ ।

चारतले घरको दोस्रो तलामा ग्यास चुहिएपछि विस्फोट भएको प्रारम्भिक अनुसन्धानमा देखिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  १ : २९ बजे

शिक्षा बिनाको मान्छे सुगन्ध बिनाको फूल जस्तै : उपसभामुख राना

बुटवल । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले शिक्षा बिनाको मान्छे

विराटनगरमा सोरुम फुटाएर कार चोरी, युवा जना पक्राउ

विराटनगर । विराटनगरमा सोरुम फुटाएर कार चोरी गर्ने युवा पक्राउ

कांग्रेस एमालेको ध्यान संविधान संशोधनमा होइन, उल्ट्याउनमा केन्द्रित छ : प्रचण्ड

दोलखा। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस एमालेको

श्रमिक महिलाको पीर : आमा बन्ने कि जागिर रोज्ने ?

काठमाडौं । अर्घाखाँचीकी सङ्गीता थापा बुटवलको अमरपथस्थित ब्युटी कलेक्सनमा काम

बन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक

तनहुँ । जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो