४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोरोना संक्रमणबाट बागलुङमा एक जना सशस्त्र प्रहरीको मृत्यु



बागलुङ । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सशस्त्र प्रहरीका कर्मचारी रहेका छन् ।

बाग्लुङको ढोरपाटन नगरपालिका वडा नं ७ का २५ वर्षीय पुरुषको उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो ।

सशस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत उनी यही असोज २५ गते अस्पताल भर्ना भएका थिए । २७ गते कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए ।

यसैबीच प्रदेशमा थप ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थपिनेमा नवलपरासी (बर्दाघाट सुस्ता पूर्व)का १६, गोरखाका नौ, लमजुङ र स्याङ्जाका चार÷चार, बाग्लुङका दुई, कास्की र पर्वतका एक÷एक जना छन् ।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार ४७१ जना रहेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ५ : १३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको