७ आश्विन २०८३, बुधबार | September 23, 2026

तिब्बत : चीनको सबैभन्दा कठिन भूमिले निरपेक्ष गरीबीलाई कसरी हरायो ?



नेपालको उत्तरी छिमेकी चीन । चीनको दक्षिण पश्चिम स्वायत्त प्रदेश तिब्बत । नेपालसँग सयौं वर्ष पहिलेदेखि सम्बन्ध रहेको चीनको तिब्बतले यतिबेला यौटा गर्विलो घोषणा गरेको छ । हो चीनको स्वायत्त प्रदेश तिब्बत अब निरपेक्ष गरीबीबाट मुक्त भएको छ । तिब्बतले आफु गरीबीबाट मुक्तभएको घोषणा गरेको छ ।

सन् २०१९ मा तिब्बतको ७४ काउन्टीका ६ लाख २८ हजार नागरिक गरिबीबाट दुश्चक्रबाट मुक्त भए । सन् २०१५ सम्म उनीहरुको वार्षिक आय जम्मा १४९९ चिनियाँ युआन अर्थात २६ हजार ३३७ रुपैयाँ मात्र थियो । अर्थात महिनामा २ हजार १९४ रुपैयाँ मात्र । तर, सन् २०१९ मा ती गरीबहरुको वार्षिक आम्दानी १ लाख ६३ हजार ८९२ रुपैयाँ पुग्यो । अर्थात महिनामा १३ हजार ६५७ रुपैयाँ ।

संसारको छानोको रुपमा परिचित तिब्बतको सुन्दर पठार, प्राकृतिक सुन्दरता, समृद्ध जातीय संस्कृतिले हालका दशकमा धेरै आन्तरिक पर्यटकहरुलाई आकर्षित गरेको छ । जम्माजम्मी ३० लाख जति जनसंख्या रहेको तिब्बतमा वर्षमा झण्डै ३ करोड पर्यटक पुग्ने गर्छन् । तर यहाँका मानिसहरु धेरै दुर्गम हिमाली क्षेत्रहरूमा बिजुली र स्वच्छ पानीको अभाव झेल्दै आए। कठिन भौगोलिक विशेषताहरुले तिब्बतको गरीबीसँग सम्बन्धित समस्यालाई ज्युँका त्युँ राख्न बाध्य बनाएको थियो । तर, अब तिब्बत गरीबीबाट मुक्त भएको छ ।

तिब्बतको गरीबी बेचेर राजनीतिक दाउपेच घुसाउने अमेरिका र छिमेकी भारतको प्रभाव तिब्बतमा समाप्त भएको छ । अमेरिकाले तिब्बतलाई गरीब र तन्नम क्षेत्रको रुपमा राखिराख्न र त्यहाँबाट चीन विरुद्ध गतिविधि गर्न अगलाववादीहरुलाई सन् १९५० को दशकदेखि निकै प्रयत्न गर्यो । खम्पाहरु जन्मायो । नेपालको भूमि प्रयोग गरेर तिब्बतमा हिंसा मच्चाउन हतियार सप्लाई गर्यो । अहिले पनि यो हर्कत जारी छ । तिब्बतमा आफ्नो स्वार्थ पुरा गर्न संसदबाट तिब्बतसम्बन्धी कानुन नै बनाएर चिनियाँ नेतृत्वमाथि प्रतिबन्धको घोषणा गरेको छ । यद्यपी, अमेरिकी चाहना तिब्बतबाट १ प्रतिशत पनि पुरा हुने सम्भावना देखिँदैन ।

भारतले पनि अगलाववादीहरुलाई संरक्षण दिइरह्यो । भारत–चीन सीमा विवाद यतिबेला उत्कर्षमा पुग्दै गर्दा भारतीय जनता पार्टी नेतृत्वको भारत सरकारले तिब्बत कार्ड खेल्न खोजेको देखिन्छ । दक्षिणपन्थी हिन्दु संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) र उनीहरुबाट पालिएका भारतीय मिडियाले तिब्बत कार्ड खेल्न भारत सरकारलाई दबाब दिइरहेका छन् । भगौडा तिब्बतीहरु सम्मिलित सेना प्रयोग गरेर चीन विरुद्ध आक्रमण गर्न खोजे पनि भारत स्वयं आर्थिक रुपले सवल नभएसम्म चीनमाथि नै निर्भर हुनुपर्ने बाध्यता भारतीय अनुसन्धानकर्ताहरुले नै सार्वजनिक गरेका छन् । भारत–चीनको व्यापार परिवदृश्यले नै स्पष्ट पार्दछ ।

उदेक लाग्दो कुरा त, तिब्बत गरिबीबाट मुक्त भएको घोषणा गर्दैगर्दा भारतमा गरिबीको नयाँ रेकर्ड सार्वजनिक भएको छ । भारतीय सत्तासँग नजिक रहेको भारतीय समाचार च्यानल जी न्यूजका सम्पादक सुधीर चौधरीले शुक्रबारको आफ्नो डीएनएमा भोक र गरिबीसम्बन्धी तथ्यांक सार्वजनिक गरेका छन् । चौधरीले विभिन्न अध्ययनबाट निकालेको तथ्यांक प्रस्तुत गर्दै हरेक साँझ १९ करोड भारतीय नागरिक १ गास रोटी खानबाट वञ्चित भएको दुर्दान्त रिपोर्ट प्रसारण गरेका छन् । उता, अमेरिकामा बढ्दै गएको बेरोजगारी र गरीबीबारे विश्व भलिभाँती परिचित बन्दैछ ।

तिब्बत वास्तवमै निकै अप्ठेरो अवस्थाबाट गुज्रिँदै अब नयाँ तिब्बतको रुपमा देखा परेको छ । चीनको ओपनिङ अप पोलिसीले सन् २०३० सम्म तिब्बतलाई झन खुला गर्दैछ । अन्तर हिमालय बहुआयामिक कनेक्टिभिटीका कारण तिब्बतको विकासबाट नेपालले अभूतपूर्व लाभ लिन सक्छ । बेल्ट एण्ड रोड इनिसियटिभको सदस्य मुलुक भएका कारण नेपालले तिब्बतबाट हुने व्यापारिक कारोबारलाई राष्ट्र हित अनुकुल प्रयोग गर्ने क्षमता राखेमा नेपालको पनि उन्नतीमा तिब्बत सहयोगी बन्नसक्ने देखिन्छ । त्यसैपनि चीनले नेपाललाई दक्षिण एशियाको गेट वे को रुपमा लिएको छ ।

तर, अब तिब्बत त्यो तिब्बत रहेन । तिब्बतले यही बिहीबार निरपेक्ष गरीबीमा जितको घोषणा गर्यो । डरलाग्दो कठिनाइहरूका बाबजुद तिब्बतले कसरी उपलब्धि हासिल गर्यो ?

तलदेखि माथिसम्म मानव संशाधनको प्रयोग

तिब्बतले प्रान्तीय, शहर, काउन्टी र टाउनशिप स्तरमा अधिकारीहरूलाई जिम्मेवारी दिने संयन्त्र बनायो । प्रान्तीय–स्तरका अधिकारीहरूले शहर र काउन्टीहरुको गरीबीबारे गहन अनुसन्धान गरे । त्यसको विश्लेषण गरे । त्यसपछि स्थानीय अवस्थाको आधारमा गरीबी हटाउन ७० पेज लामो सामाजिक इन्जिनियरिङको रणनीति बनाए ।

यसअवधीमा जिम्मेवार अधिकारीहरुले निकै अप्ठेरा र दुर्गम इलाकाहरुको भ्रमण गरे । अनुसन्धानमा तिब्रता, गरीबी मुक्त कार्यक्रमहरुलाई प्रोत्साहन र कार्यान्वयनको पर्यवेक्षण गरे ।

माटो सुहाउँदो उद्योगको विकास

तिब्बती अधिकारीहरुले वर्षौको मेहनतपछि उच्च भूमिमा जौ, याक, पर्यटन र निर्माण सामाग्री उद्योगको अभूतपूर्व विकास गरेका छन् । किसानहरुलाई याक र भेडा पाल्न प्रोत्साहन गरिन्छ ।

गरिबी निवारणका २९०० प्रोजेक्टका लागि सन् २०१६ यता ३९.८९ विलियन युआन खर्च गरिएको छ । यसबाट २ लाख ३८ हजार नागरिकलाई निरपेक्ष गरीबीको रेखाबाट माथि उठाउन सफल भएको छ । यस्तै, थप ८ लाख ४० हजार नागरिक लाभान्वित भएका छन् ।

कोरोना महामारीको यस अवधीमा यस क्षेत्रका २७ काउन्टीले ई–कमर्स प्लेटफर्महरु निर्माण गरे । अनलाइन बिक्रि २०० मिलियन युआन भन्दा बढीमा पुग्यो । २६३ नयाँ उत्पादनहरु राष्ट्रिय गरिबी निवारण उत्पादन सूचीमा प्रवेश गरे । जसले उपभोक्ताहरुलाई कृषि उत्पादन खरिद गर्न प्रोत्साहित गर्यो । तिब्बतमा ई कमर्स प्लेटफर्महरूमार्फत गरीबी निवारण उत्पादनहरूको कुल बिक्रीले १५० मिलियन युआनलाई पार गर्यो ।

किसानहरूलाई पूर्नवास

निकै कठिन मौसमको सामना गर्न बाध्य छरिएर रहेका किसानहरुलाई अपेक्षाकृत प्राकृतिक संशाधनले सम्पन्न र राम्रो पूर्वाधार भएका क्षेत्रहरुमा लैजान ठूलो प्रयास भयो । आजसम्म बसोबासका लागि ९६५ नयाँ स्थान तयार भैसकेको छ, जहाँ २ लाख ६६ हजार मानिसहरुले नयाँ सुविधायुक्त घरमा बस्न पाएका छन् ।

त्यसो त, पुनर्वास पूर्ण रूपमा स्वैच्छिक कार्यक्रम हो । अधिकारीहरु भन्छन्, ‘स्थानीय किसान र गोठालाहरूले तिब्बत वा छिमेकी वा अन्य क्षेत्रमा काम गर्न रोज्न सक्छन् । स्थानीय बासिन्दाहरूले प्रायः आफ्नो गृहक्षेत्र बाहिर काम गर्न र नयाँ सीपहरू सिक्ने तीव्र इच्छा व्यक्त गर्दछन् ।
तिब्बतको गरीबी निवारण प्रयासमा तेस्रो पक्षले गरेको मूल्यांकनले यस क्षेत्रका स्थानीय जनतामा सन्तोष दर (satisfaction rate) ९९ प्रतिशत बढी रहेको देखिएको छ ।

‘पुनर्वास कार्यक्रमको सुरूमा, आफ्नो मातृभूमिप्रति गहिरो स्नेह राख्ने केही वृद्धहरुलाई मनाउन गाह्रो थियो, र हामीले धेरै काम गर्नुप¥यो । उदाहरणका लागि, हामीले उनीहरूलाई नयाँ घरहरू हेर्न निमन्त्रणा दियौं, आवासीय परिसरको चारैतिर स्थान, लेआउट र त्यहाँका सुविधाहरू आफै हेर्न प्रोत्साहित गर्यौं । अन्तमा तिनीहरू स्वेच्छाले नयाँ घरहरूमा सरे । तर हामीले अझै धेरै काम गर्नुपर्नेछ,’ चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत प्रमुख वू यिंगजीले बेइजिङमा संचारकर्मीहरुसँग अनुभव सेयर गर्दै भने ।

पूर्वद्वारा पश्चिमलाई मद्दत
सन् १९९० को मध्यदेखि चीनको अति विकसित पूर्वी क्षेत्र र कम विकसित पश्चिमी क्षेत्रहरूबीच गरीबी निवारण विरुद्ध सहकार्य हुँदै आएको छ ।

पूर्व र पश्चिम जोड्ने कर्याक्रम अन्तर्गत १९.५२ विलियन युआनको बजेटमा ३१३ भन्दा बढी परियोजना तिब्बतमा संचालन गरिएको छ । सहायता गर्न १ हजार ४ जना स्वास्थ्यकर्मी, १ हजार ६७६ जना शिक्षक र ८ हजार नागरिक तिब्बतमा आए । जसमध्ये ५ हजार स्नातक थिए ।

पूर्वाधार विकास

पानी, बिजुली, सडक, दूरसञ्चार र इन्टरनेट लगायत स्थानीय पूर्वाधार सुधार गर्नु समग्र प्रयासहरूको केन्द्रबिन्दु थियो । अधिकारीहरूका अनुसार स्थानीय सरकारले यस क्षेत्रमा १७ हजार ५८१ खानेपानी योजनाहरू निर्माण र पुनःनिर्माण भैसकेको छ । जसले २० लाखभन्दा बढी किसान र पशुपालकहरूलाई फाइदा पु-याएको छ ।

तिब्बतभर विद्युत प्रसारण जोडिएको छ । यसमा लगभग सबै गाउँहरुलाई समेटिएको छ । यसबीचमा ३८ हजार २०० किलोमिटर नयाँ सडक बनेको छ । ५ हजार ४३३ गाउँमा अप्टिकल फाइबर, ब्रोडव्याण्ड इन्टरनेट सेवा पुगेको छ । अहिले ती गाउँका बासिन्दा ४जी नेटवर्कको आनन्द लिइरहेका छन् ।

व्यावसायिक प्रशिक्षण र शिक्षा

स्थानीय सरकारले यस क्षेत्रमा अनिवार्य शिक्षालाई कडाईका साथ प्रवर्धन गरेको छ । विद्यार्थीहरुलाई निःशुल्क ट्यूशन, खाना र आवास प्रदान गरिरहेको छ । १५ वर्ष भन्दा कम उमेर भएका बालबालिकालाई स्कूल जान नछुटुन भनेर जोगाउनका लागि उनीहरुको रजिष्ट्रर गरिएको छ । यही सेप्टेम्बरसम्म, ५ हजार २१३ जना स्कुल छोडेका विद्यार्थीहरू स्थानीय अधिकारीको सहयोगमा पुनः स्कूलमा फर्केका छन् ।

गरीब परिवारका व्यक्तिहरूले माध्यमिक व्यावसायिक शिक्षा कार्यक्रमहरू भाग लिन निःशुल्क भर्ना हुन सक्छन् । हालसम्म १ लाख ७६ हजार ३०० भन्दा बढी व्यक्तिले प्रशिक्षण सफलतापूर्वक पुरा गरिसकेका छन् । त्यसपछि ३ लाख ४० हजार ५०० भन्दा बढी मानिसहरूले रोजगारी पाएका छन् ।

सामाजिक बीमा

तिब्बतको जनसंख्या करीव ३० लाख ५१ हजार रहेको छ । जुन तथ्यांक हालैका वर्षमा अलि छिटो वृद्धि भएको हो ।

सांस्कृतिक कारणले गर्दा, स्थानीय महिला वच्चा जन्माउनका लागि प्रसुती अस्पताल जान मान्दैनन् । जसले शिशु मृत्युदर उच्च रहेको थियो । तर, हालैका वर्षमा स्थानीय सरकारले विशेष प्रसूति हेरचाह सुनिश्चित गरेको छ । चिकित्सा सुविधामा बच्चा जन्माउने महिलालाई अनुदान प्रदान गरी अस्पताल जान प्रोत्साहित गर्ने आफ्नो प्रयासलाई तीव्र पारेको छ ।

राष्ट्रिय स्वास्थ्य बीमाले सबै तिब्बती परिवारहरूलाई समेटेको छ । यसले नागरिकलाई रोगका कारण गरिबीमा फस्नबाट जोगाउँदछ ।

यस क्षेत्रका १ लाख १० हजार बढी व्यक्तिहरूले राष्ट्रिय न्यूनतम जीवन निर्वाह योजनामा दर्ता गरेका छन् । जसअन्तर्गत गरीब समूहको विभिन्न स्तरका लागि प्रति व्यक्ति न्यूनतम अनुदान क्रमशः ४ हजार ७१३ युआन, ७ हजार ७० युआन र १३ हजार २१३ युआन रहेको पुगेको छ ।

 

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ११ : ४० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई