२८ चैत्र २०८२, शनिबार | April 11, 2026

सप्तरीमा पहिलो पटक ब्राउन सुगरका दुई कारोबारी पक्राउ



सप्तरी । सप्तरीबाट प्रहरीले पहिलो पटक लागु औषध ब्राउन सुगरसहित दुई कारोबारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका ७ का २७ वर्षिय भरत शर्मा र १९ वर्षिय निरज शर्मा छन् । नातामा उनीहरु दाजुभाई हुन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले आइतबार बिहान पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेकाहरुका साथबाट ५० ग्राम ब्राउन सुगर बरामद गरिएको जानकारी दिएको छ ।

ब्राउन सुगरको कारोबार गर्दै आएका शर्मा दाजुभाईलाई शनिबार साँझ जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिका ५ स्थित बकधुवा–महदेवा सडकखण्डबाट इलाका प्रहरी कार्यालय कंचनपुरको टोलीले पक्राउ गरेको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिएका छन् ।

बिशेष सुचनाको आधारमा स.७प. १८६५ नम्बरको मोटरसाइकल चढेर महुलीतर्फ आउँदै गर्दा इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरिक्षक नरेश कुमार सिंहको नेतृत्वमा खटिएको टोलीले चेकजाचको क्रममा दुबैजनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक धमलाले बताए ।

शर्मा दाजुभाईको साथबाट कालो प्लाष्टिकको ५ वटा पातलो झोलामा प्याक गरि राखिएको १०÷१० ग्राम गरि कुल ५० ग्राम ब्राउन सुगर, दुई थान मोबाइल र नगद ६ हजार ९ सय रुँपैया बरामद गरेको छ । बरामद ब्राउन सुगरको ४ लाख भन्दा बढी मुल्य पर्ने अनुमान गरिएको छ ।

पक्राउ परेका शर्मा दाजुभाईले आफूहरु विगत एक वर्षदेखि सो कारोबारमा लागेको बयान दिएका छन् । प्रहरीका अनुसार शर्मा दाजुभाईले भारत बिहार राज्यको सिपौल जिल्ला निवासी सुशान्त भन्ने व्यक्तिबाट ब्राउन सुगर खरीद गरी ल्याउने र नेपालको सुनसरी, उदयपुर, पोखरा र काठमाडौं लगायतका स्थानमा सप्लाई गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

प्रहरी उपरीक्षक धमलाले पक्राउ परेका शर्मा दाजुभाईलाई आइतबार सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई लागुऔषध ऐन २०३३ अनुसार आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको जानकारी पनि दिए ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  १ : ५० बजे

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र