४ चैत्र २०८२, बुधबार | March 18, 2026

दशैं भत्ता फिर्ता गर्न आफ्ना सांसदलाई काँग्रेसको निर्देशन, संक्रमितको निःशुल्क उपचार गराउन माग



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद सचिवालयले सांसदहरूलाई उपलब्ध गराएको दशैं भत्ता फिर्ता गर्नेभएकोछ ।

काँग्रेस पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सबै सांसदहरुलाई दशैं भत्ता बापतको रकम फिर्ता गर्न निर्देशन दिएका हुन् ।

सोमबार बिहान संसदीय दलका पदाधिकारीहरुसँग छलफल गरेपछि देउवाले भत्ता फिर्ताको निर्देशन दिएका हुन् । सो भत्ता कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएको संसदीय दलका प्रमुख सचेतक वालकृष्ण खाँडले बताएका छन् ।

काँग्रेसका सांसदहरुलाई कुल ४३ लाख २० हजार ८ सय १० रुपैयाँ दशैं भत्ता बापत प्राप्त भएको छ । सो कोषमा जम्मा गर्ने निर्णय भएको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले जनाएका छन्।

यसबैबीच, काँग्रेसले कोरोना संक्रमितको निःशुल्क उपचार गर्न सरकारसँग माग गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ती जारी गर्दै संक्रमित आफैले उपचार गर्नुपर्ने भन्ने निर्णय फिर्ता गर्न सरकारसँग माग गरेका छन् । प्रवक्ता शर्माले महामारीको बेलामा नै जनतालाई सरकार आवश्यक पर्ने भन्दै सरकारलाई जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गरेका छन् ।

‘सर्वोच्च अदालतले संक्रमितको निःशुल्क उपचारको प्रबन्ध गराउन भनी दिएको आदेशसमेत पालना नगर्नुले जनता, मिडिया, प्रतिपक्ष, अदालत कसैको पनि नसुन्ने सरकार कसको सुन्छ ? भन्ने प्रश्न उब्जिएको छ,’ काँग्रेसको विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाले जनताको आर्थिक जीवनमा पारेको असर दृष्टिगत गरेर सबैको दायित्व सम्हाल्ने कर्तव्य सरकारको हो । संक्रामक रोग उपचारको कानुनी व्यवस्था अनुरुप पनि सरकार जिम्मेवारीबाट पन्छिन मिल्दैन ।’

प्रवक्ता शर्माले सर्वोच्च अदालतको आदेश समेत पालना नगर्नुले जनता, मिडिया, प्रतिपक्ष, अदालत कसैको पनि नसुन्ने सरकार कसको सुन्छ ? भनेर प्रश्न गरेका छन् । सरकारका पछिल्ला निर्णयले मुलुकमा सरकार छ भन्ने कुरामाथि प्रश्न उठ्न लागेको शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ३ : ३१ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड