४ पुस २०८२, शुक्रबार | December 20, 2025

हालसम्मकै सबैभन्दा धेरै ५७४३ संक्रमित थपिए



काठमाडौं । नेपालमा कोरोना भाइरसका थप ५ हजार ७४३ जनामा संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै एकैदिनको सबैभन्दा धेरै संक्रमण संख्या हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आज २० हजार ११८ पीसीआर परीक्षण गरिएको थियो ।

यससँगै हालसम्म संक्रमित हुनेको कुल संख्या १ लाख ४४ हजार ४७६ पुगेको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए ।

गौतमका अनुसार बुधबार देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ पुगेको छ । संस्थागत आइसोलेसनमा १४ हजार ६७६ रहेको छ । यसैगरी होम आइसोलेसनमा २९ हजार ८०० रहेका छन् ।

२४ घण्टामा डिस्चार्ज हुनेको संख्या २ हजार ९९६ मात्रै रहेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ । डिस्चार्ज हुनेको संख्या कम हुँदा सक्रिय संक्रमितको संख्या ह्वात्तै बढेर गएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ४ : ३१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको