१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

चितवन मेडिकल कलेजमा दुई जना कोरोना संक्रमितको मृत्यु



चितवन । भरतपुरस्थित चितवन मेडिकल कलेजमा अर्का एक जना संक्रमितको मृत्यु भएको छ । अस्पतालले जारी गरेको विज्ञप्ती अनुसार चितवनको राप्ती नगरपालिका वडा नं. ५ ककी ८४ वर्षीया महिलाको मृत्यु भएको हो ।

यही कात्तिक ५ गते स्वासप्रश्वास,र उच्च ज्वरोको समस्यासहित अस्पताल भर्ना भएकी ती वृद्धाको बिहीबार हिजो कोरोना पुष्टि भएको थियो ।

अस्पतालको सघन उपचार कक्षमा उपचार गर्दागर्दै आज बिहान ४ बजेर १९ मिनेटमा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जनाएका छन् । ती वृद्धालाई उच्च रक्तचाप, बाथ रोग र निमोनियाको समस्या थियो ।

यसअघि चितवन मेडिकल कलेजमै भरतपुर महानगरपालिकाका ७० वर्षीय पुरुषको मृत्यु भएको थियो ।

भरतपुर महानगरपालिका वडा नं. ७ निवासी ती पुरुषलाई यही कात्तिक २ गते स्वासप्रश्वास र मृगौलाको समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको ती पुरुषको आज बिहान ८ बजेर ४४ मिनेटमा मृत्यु भएको हो । ती पुरुष मृगौला र उच्च रक्तचापका बिरामी थिए ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  १२ : ०१ बजे

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध

बाँकेमा अखाद्य वस्तुको कारोबार गर्ने दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगन्ज । बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा