१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

शनिबार थपिए २ हजार २२५ नयाँ संक्रमित, २ हजार ८४६ जना संक्रमणमुक्त



काठमाडौं । आज शनिबार । महाअष्टमीको दिन । देशभर कोरोना भाइरसको संक्रमणका कारण सबैका लागि दशैं खल्लो भएको छ । भाइरसका कारण परिवारका सदस्य संक्रमित हुने या मृत्यु हुनेको परिवार दुःख, पीडा र शोकमा छन् ।

भाइरसको कहर भने निरन्तर फैलिँदो क्रममा छ । यसैपनि आगामी जाडोयाममा भाइरस झन बढी सक्रिय हुने वैज्ञानिकहरुले चेतावनी दिँदै आएका छन् ।

शनिबार नेपालमा कोरोना भाइरसका २ हजार २२५ जना नयाँ संक्रमित थपिएका छन् । यससंगै देशभर कुल संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ ।

शनिबार सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको पछिल्लो अपडेटमा जनाइएको छ ।

शनिबार संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ । २ हजार ८४६ जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म निकोहुनेको कुल संख्या १ लाख ८ हजार ३३४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । यसँसँगै हालसम्म मृत्यु हुनेको संख्या ८४२ पुगेको छ ।

 

 

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ४ : २० बजे

बाँकेमा अखाद्य वस्तुको कारोबार गर्ने दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगन्ज । बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

काठमाडौं। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकमाथि भएको आक्रमणको विरोधस्वरूप मंगलबार